हेटौंडा/ गएको — भदौ २३, २४ गते भएको जेन्जी आन्दोलनमा गोली लागेका एक युवा लाई सडकमै भएको मोटरसाइकलमा बोकेर उपचारका लागि किसोरी कार्की नामकी एक युवतीले अस्पताल पुर्याएकी थिइन् ।
न चिनजान न आफ्न्त तर मानवताको नाताले गोली लागेर ढलेको देख्ने बित्तीकै केही नसोची सडकमा भएको मोटरसाइल चावी भएका कारण ततत्काल सोही मोटर साइकलमा राखेर अस्पताल तर्फ लागेकी थिइन् ।
मोटरसाइकल धनी पछाडिबाट ‘मेरो बाइक’ भन्दै चिच्याइरहेका थिए भने उनलाई सम्झाइबुझाइ गरेर घाइतेलाई सिभिल अस्पताल कुदाएकी हुन् ।
गोली लागेको व्यक्तीको रगत किशोरीको पिठ्युँभरि रगतले भिजेको थियो । त्यही अवस्थामा अस्पताल पुर्याइन् तर त्यहाँ उपचार सम्भव नभएपछि टिचिङ लानुपर्ने भयो । त्यही रगतले भिजेको पोसाकमा उनी टिचिङबाट पुनः बानेश्वर फर्किइन् । पछि मोटरसाइकल धनीको खोजी गर्दा फेला नपारेपछि रगतले भिजेको कपडा अनि हेल्मेट नलगाई चलाएका कारण ट्राफिक प्रहरीले रोकेका थिए । उनले मोटरसाइकल बग्गीखानामा छाडेर मोटरसाइकल बग्गीखानामा सुरक्षित छ भन्दै भियो मार्फत जानकारी गराइन् ।
किशोरीले बताए अनुसार डेरामा पुगेपछिख बाइकमा बोकेको भाइको मृत्यु भयो नि भन्ने खबरले मन अत्तालिएर कोठा छाडेर आफन्तकोमा गएकी हुन् ।
मोटरसाइकल धनी नभेटिनु घाइते भाइलाई बचाउनै सकिएन भन्ने चिन्ताले त्यो रात राम्रोसँग सुत्न नसकेका बताएकी हुन् ।
भदौ २४ गते बिहानै बग्गीखानातर्फ निस्कन खोजेपनि कर्फ्युका कारण बाहिर निस्किन नपाएको र ११ बजे निस्किएँपछि कोटेश्वरमा उनले घाइते देखिन साथ उद्धारमा खटिइरहिन् ।
मोटरसाइकल धनीले फोन गरेपछि सोमबारको घटना उनको मस्तिष्कमा दोहोरिएर आयो र बग्गीखाना पुग्दा त्यहाँ आगो लागिसके अवस्था देखियो । त्यो मोटरसाइकल पठाओ गर्नेको रहेछ अब रिपोर्ट लेखाउन पनि कहाँ जाने अन्यौलता छाएको सुनाइन् ।
एकातिर घाइतेहरूको अवस्थाले बनाएको पिडा अर्कोतर्फ मोटरसाइकल धनी ‘बैतडीका शैलेन्द्र शाही ठकुरीको रोजगारी ठप्प ।
तर, शैलेन्द्रलाई सहयोग गर्ने बचन दिदै तत्कालै सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेर सहयोग जुटाएर शैलेन्द्रको समस्या समाधान गराईन् । तर, आन्दोलनमा परेका धाइते र मृत्युहरनेहरुको दृष्यले सताइरहेसंगै बानेश्वरमा आफू लाई बाइक मा राखेर अस्पताल सम्म पुर्याएर आफ्नो ज्यान बचाइदिने किशोरी कार्कीलाई भेट्ने इच्छा सामाजिक अभियान्ता आशिका तामाङ्ग मार्फत सुनाए ।
आशिका घाइतेहरुलाई भेटघाट र सहयोगका लागि हरेक हस्पतालमा पुगिरहेकी थिइन भने त्यो सुन्नसाथ आफ्नो सामाजिक सञ्जाल फेशबुकमा पोष्ट गरिन् ।
…………………………………………………………………………………………………………………………..
बानेश्वरमा आफू लाई बाइक मा राखेर अस्पताल सम्म पुराइएर आफ्नो ज्यान बचाइदिनु भएकि किशोरी कार्की बहिनी ले कृपया सम्पर्क गरिदिनु होला रे , उहाँ बहिनी लाई भेट्न भाइले धेरै नै कोसिस गर्नुभएता पनि असफल हुनु भो रे 😐️ भेटेर धन्यवाद दिनु मात्र उहाँ को अन्तिम इच्छा बताउनु भएको छ । कृपया किशोरी बहिनि ले यो पोस्ट देख्नु भो भने ******* मा भाइ लाई कल गर्नु दिनु होला , उहाँ भाइको नाम पारस बिक हो ।
……………………………………………………………………………………………………………………………………………………..
जिवित छन् भन्नेखबर पाउन साथ किशोरी तत्काल पारसलाई भेट्न अस्पताल पुगेकि हुन् । भेटघाट गर्नसाथ उनले भक्कानिदै संसारमा नरहेको सुनिसकेको अवस्थामा जीवितको खबर अप्रत्याशित चमत्कार भगवानले प्रार्थना सुन्नुभयो भन्ने लागेको बताइन् । आज भाई जीवितको खबरले संसारमै सबैभन्दा भाग्यमानी आफुभएको व्यक्त गरिन् ।
अहिले यनै किशोरीको चौतचर्फी चर्चा भइरहेको छ । सामाजिक सञ्जाल फेशकुक, इन्सटा र टिकटकमा साहासी छोरी भन्दै प्रसंसा भएरहेको हो ।

































प्रतिक्रिया दिनुहोस्