हेटौंडा  /  शैक्षिक सत्र २०८० को  एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि कक्षा ११ मा भर्नाका लागि सामुदायिक देखि बिभिन्न कलेजहरुले भर्ना खुल्ला गराएका छन् ।
बिभिन्न कलेजहरुले न्यूनतम शुःल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता समेत गरिहेका छन् ।

यसै क्रममा हेटौंडा उपमहानगर–५ स्थित हेटौंडा सिटी कलेज जेनिथले अनुभवी शिक्षकहरुद्धारा स्वच्छ वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गरिदै आएको जनाएको छ ।

बिद्यालयको तर्फबाट जानकारी दिए अनुसार मकवानपुरमै पहिलो बि एस ए सि एस आई टी, बिएस्सी सि एस आई टी कलेज भएको र २०७४ सालदेखि आफ्नै भवनमा रहेर अनुभवी शिक्षकहरुद्धारा शिक्षा प्रदान गरिरहेको छ ।
विज्ञानसंकाय,होटल म्यानेजम्यान्ट,कम्प्युटर साइन्स्, बिज्नस् स्टर्डी अंग्रेजी माध्यममा कानुनको विषय समेत अध्यापन गराइरहेको र सबैको रोजाइमा पर्ने कलेज रहेको जनाएको हो।
यसैक्रममा कलेजका व्यवस्थापन विभाग प्रमुख हरिहर खतिवडाले हेटौंडामा रहेको जेनिथ शैक्षिक क्षेत्रमा अब्बल रहेको एकमात्र कलेज रहेको बताए ।

बिद्यालयले बिद्यार्थीहरुलाई आवाश्यक पर्ने संकाय उपलब्ध भएको र हालसालै एसईई उत्तीर्ण गरेका बिद्यार्थीहरुको लक्ष्य अनुसार शिक्षा प्रदान गरिने बताए ।
शिक्षका लागि गुणस्तरिय बनाईदै आएको उल्लेख गर्दै असल संस्कारका साथै समय अनुसार बिद्यार्थीहरुलाई व्याहारिक ढङ्गबाट शिक्षा प्रदान गर्न गरिदै आएकाले रोजाइमान पर्ने विश्वास रहेको बताए ।

हालै एसइइ उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई र सफलताको शुभकामना दिदै अहिले प्राप्त गरेको नतिजानै महत्वपुर्ण नमानेर अबका दिनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
हेटौंडा उपपमहानगरका केही वडा कार्यालयमा पुगेर शिक्षामा चाहाना भएका गरिब, बिपन्न आर्थिक अभावले पढ्न संकट परेका बिद्यार्थीकरुको लागि वडाबाट सिफारिस गरेमा छात्रवृति उपलब्ध गराइने प्रतिवद्धता गरेर आएको बताए ।