हेटौंडा / नेपाली चलचित्र क्षेत्रमा नायिका केन्द्रित रेखा थापाद्धारा अभिनित चलचित्र विगतमा बन्ने गरेपनि पछिल्लो समय न्युन नै भएको थियो ।
यसैविच आज शुक्रबारबाट नायिका केन्द्रित एक्सन फिल्म ‘दान्भी’ प्रर्दशन हुने भएको छ ।

रुपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री पूजा शर्मा एक्सनको भूमिकामा रहेकी छिन् ।

चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएपछि दर्शकहरु उत्साहित भएको  अनुमान गर्न सकिन्छ । फिल्मले दर्शक पाउनेआँकलन समेत गरिएको छ । देशभरका मल्टीप्लेक्सहरुमा बुकिङ खुलेको छभने फिल्मले समेत शोज राम्रै पाएको छ ।

फिल्मप्रति हल व्यवसायीहरुले आशा राखेको देखिन्छ भने फिल्मले उत्सा कायम राख्ने जिम्मेवारीमा अभिनेत्री पूजामा देखिन्छ । अभिनेत्री पूजाले ‘प्रेमगीत’ ‘म यस्तो गीत गाउँछु’ श्रृंखला,फिल्ममा रोमान्टिक भूमिकामा विगतमा प्रेमीका रुपमा भएको भनिएपनि पहिलोपटक श्री श्रेष्ठको द्धन्द निर्देशनमा एक्सन प्रधान फिल्ममा काम गरेकी हुन् ।

अभिनेत्री पूजासंगै कुन्साङ बोम्जन, किरण श्रेष्ठ, विशाल पहाडी, किरण श्रेष्ठ, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ।
रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालले संगीत भरेका छन् । फिल्मको निर्माता देव मगर र अनुप गडाल हुन् भने कार्यकारी निर्मातामा पवन राना मगर छन् । बन्दे प्रसादको सम्पादन , कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ भने हरि बहादुर घलेले छायांकन गरेका हुन् ।

………………

‘आचार्य’

यस्तै गरि भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ पनि प्रर्दशनमा आएको छ ।

१३ वर्षअघि निर्माण भएर प्रदर्शन भएता पनि गत वर्ष निधन भएका आचार्यलाई श्रद्धाञ्जली स्वरूप पुनः रिलिज गर्न लागिएको जनाइएको हो।
आचार्यको बाल्यकालदेखि संघर्ष, संगीत क्षेत्रको उत्कृष्ट समय, स्वर गुमेको घटनालाई प्रस्तुत गरिएको छ।

प्रशान्त रसाईलीको निर्देशन रहेको फिल्मलाई रोशन राईले निर्माण गरेका हुन् भने गायक आचार्यका जेठा छोरा सत्यराज आचार्यको अभिनय रहेको छ ।
साथमा सुनिल पोखरेल, अरूणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ।

 

यसै विच हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलको शानदार पर्दमा  चलचित्रहरु हेर्न या कुनै जानकारी लिनका लागि संपर्क नम्बर – 057-520949

 

राजेश गरिब
थप जानकारी