हेटौंडा/ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले समाजमा सञ्चार माध्यमको सकारात्मक भूमिका अति अत्यावश्यक रहेको बताएका छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र हेटौँडा र मिडिया प्रभाग ब्रह्माकुुमारीज् माउन्ट आवुद्धारा  विहिबार हेटौंडा – ४ रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शर्माले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीहरूले पत्रकारिता मार्फत जनताका मौलिक हकको प्रत्याभूति गराउन भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य सुविधा र संविधानमा उल्लेखित सुशासन कायमका लागि निष्पक्ष ढङ्गले काम गर्नुपर्ने बताए । भारतको राजस्थानका सञ्चारकर्मी सहितको उपस्थितिमा स्वस्थ्य तथा सुखी समाजका लागि आध्यामिक सशक्तिकरणमा मिडियाको भूमिका विषयलाई केन्द्रित कार्यक्रमले मकवानपुरका सञ्चारकर्मीबीच समन्वयात्मक भावना पैदा गर्न सहयोग पुग्ने विश्वास रहेको कार्यक्रम संयोजक ब्रह्माकुमार विजयले बताए ।

कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मकवानपुरका क्षेत्रीय प्रमुख ब्रह्माकुमारी सुशीला दिदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा आवु राजस्थानका नेशनल का अर्डिटर डा. ब्रह्माकुमार शान्तनु, हैदरावादका का अर्डिटर सरला, डा. दीन दयाल मित्तल, वरिष्ट राजयोग प्रशिक्षक अर्जुन श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष प्रताप विष्ट पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतले स्वस्थ्य तथा सुखी समाजका लागि गर्नुपर्ने भूमिका बारे धाराणा व्यक्त गरे ।

मकवानपुरमा रहेर पत्रकारिता जगतमा समाजकालागि योगदान पुर्याएको भन्दै मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टलाई कार्यममा सम्मानित भएका छन्। त्यस्तैगरि कार्यक्रममा निःशुल्क सभाहल उपलब्ध गराएको भन्दै प्यालेसका सञ्चालक धुर्व अधिकारीलाई पनि सम्मान गरिएको हो ।