हेटौंडा – हेटौंडा बैशाख २१ गते शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मनसरा’ का अभिनेत दुधवाला बाजे प्रविण खतिवडाले महिलाहरु सन्तान उत्पादन गर्ने वस्तु हुन् भन्ने र निसन्तानको दोष महिलामाथि लगाएर उपचार पद्धती खोजी नगरेर बाराम्बार श्रीमती ल्याउने प्रचलन हावी भएरहेको बताएका छन् ।

सोमबार बागमती प्रदेशको राजधानी हेटौंडा -४, स्थित नारारायणी मलमा रहेको एनएस सिनेमा हलमा दर्शकहरुसंग भेट्न आएका अभिनेता खतिवडाले सोही कथामा आधारित रहेको चलचित्रलाई केन्द्रित गर्र्दैै यस्तो बताएका हुन् ।

नेपाली चलचित्र जारी पछि उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको ‘मनसरा’ मा ब्रामहण “बाजे” को भूमिका निर्वाह गरेका खतिवडाले मानिस हुन् या वनस्पति आफ्नै स्वतन्त्र, अस्तित्व हुन्छ,  त्यसैले यसलाई मध्यनजर गरेर सोही अनुसार हामी समाजमा बस्नुपर्छ भन्ने सन्देश दिन खोजिएको बताए ।

निसन्तानको समस्या पुरुष या महिलाको मात्र नभएर सबैको समस्या भएकाले एक जनामा दोष लगाउनु गलत भएको देखाउन खोजिएको चलचित्र बिसुद्ध श्रमजिीवि पात्रहरुको कथा बोल्ने र उनिहरुके जिवनका भोगाइमा आउने हरेक परिस्थितीलाइ प्रस्तुत गरिएको चलचित्र रहेको बताए।

सन्तान हुर्काउन एक्ली महिलाले गरेको संघर्ष अनि प्रेम प्रतिको सम्मान लगायतका विषयमा केन्द्रि चलचित्रमा आफुले निर्वाह गरेको पात्रका विषयमा बोल्दै पुरुषबादको असरले गर्दा महिलामाथि दमन भइरहेको कथामा रहेर बनेको र गाँउघरमा भएकै कुराहरु प्रस्तुत गर्दैगर्दा अभिनयमा केही सहज केही असहज समेत भएको सुनाए । यसैक्रममा चलचित्रलाई दर्शकहरुले निकै साथ दिएकोमा खुसी लागेको समेत बताए ।

सोमबार ‘मनसरा’ हेर्नका लागि एनसमा पत्रकार, राजनीतिज्ञ देखि बिभिन्न संघसंस्थामा आवद्ध व्यक्तीत्वहरुलाई निम्ता गरिएको हो ।

चलचित्रलाई दर्शकहरुले माया र साथ दिएका कारण दर्शकहरुलाई धन्यवाद दिन र आगामी दिनमा पनि यस्तै साथ दिनका लागि अनुरोध गर्नकै लागि आइएको बताए ।

चलचित्रलाई सिनेमाका निर्माता शैलेन्द्रध्वज कार्कीले छायाँङ्कन गरेका छन् । विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माताका रुपमा छन् ।
चलचित्रमा मिरुना मगर , दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधान अभिनेता हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको छ ।

स्त्री जाति र पुरुष जातिबीच युगौँदेखि चलिआएको चलनको अन्त्यका लागि अघि सरे भन्न पनि सकिन्छ । फिल्ममा हरेक कलाकारको अभिनय आँखामा रहन्छ ।

राजेश गरिब
थप जानकारी