हेटौंडा-  बैशाख २१ गते शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मनसरा’टोली हेटौंडा -४ स्थित नारारायणी मलमा रहेको एनएस सिनेमा हलमा  आज सोमबार ‘मनसरा’ टोली दर्शकहरुसंग भेट्न आउने भएका छन् ।

नेपाली चलचित्र जारी पछि उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको ‘मनसरा’ लाई दर्शकहरुले निकै साथ दिएका छन् भने निर्माणटोलीहरु नेपालका बिभिन्न सथानसंगै विदेश सम्म पुगिरहेका छन् ।
यसैक्रममा सोमबार बागमती प्रदेशको राजधानीमा रहेका एनउस सिनेमा हलमा ‘मनसरा’ टोली आउने भएका हुन् ।
चलचित्रलाई दर्शकहरुले माया र साथ दिएका कारण दर्शकहरुलाई धन्यवाद दिन र आगामी दिनमा पनि यस्तै साथ दिनका लागि अनुरोध गर्नकै लागि बिभिन्न स्थानमा पुगिरहेको निर्माणटोलीहरु बताउछन् ।

सन्तान उत्पादन गर्ने वस्तु हुन् भन्ने र निसन्तानको समस्यामा परेपछिको दोष महिलाले पाउनु अनि परिवार, समाजबाट भोग्नुपर्ने चुनौती र अन्तरजातीय सम्बन्धलाई देखाइएको
सामाजिक, जातीय र मनोवैज्ञानिक पक्षबाट बनेको भन्न सकिन्छ ।

चलचित्रलाई सिनेमाका निर्माता शैलेन्द्रध्वज कार्कीले छायाँङ्कन गरेका छन् ।  विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माताका रुपमा छन् ।

चलचित्रमा मिरुना मगर , दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधान अभिनेता हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको छ ।

नेपाली सिनेमा जगतमा पहिलो फिल्म जारी  बाट नै निर्देशकका रूपमा स्थापित हुन सफल उपेन्द्र सुब्बाले  दर्शकहरूको मनमा छाप छोड्न सफल भएकै हुनु । ‘मनसरा मान्छेको कथाभन्दा बढी समाजको कथा खाल्डोको कथा जातीय मतभेद र आन्दोलनलाई सम्बोधन गर्ने कोसिस गरेका छन । बाँझोपनका कारण स्त्री जाति र पुरुष जातिबीच युगौँदेखि चलिआएको चलनको अन्त्यका लागि अघि सरे भन्न पनि सकिन्छ । फिल्ममा हरेक कलाकारको अभिनय आँखामा रहन्छ ।

हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा शानदार पर्दमा हेर्न सकिने  छ । संपर्क नम्बर 057-520949

राजेश गरिब
थप जानकारी