धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाँउपालिकाका अध्यक्ष शम्भुकुमार थापाले आफ’ले गरेको वाचा अन’सारका कार्यान्वयन गराई जनतालाई आधारभूत सेवा सुविधा प्रदान गर्न कार्यपालिकाले निकै कामहरु गरेको बताएका छन् ।

२०७३ साल फागुन २७ गतेको निर्णयबाट साबिकको सल्यानटार, मूलपानी, सल्यानकोट, आगिन्चोक र त्रिपुरेश्वर गाउँ विकास समिति मिलाएर त्रिपुरासुन्दरी गाउँपालिका गठन गरिएको गाउँपालिकामा जनताको अपेक्षा अन्सार निकै काम गरेको बताए ।

उनले मुलुक संघीय संरचनामा गएपछि भएको २०७४ जेठ महिनामा सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूबाट जनताको अपेक्षा पूरा गर्ने प्रशस्त कार्यको थालनी गरि गाउँगाउँमा सिंहदरबारको नारालाई साबित गराउनु नै कर्तव्य ठानेर कामहरु गरेको दावी गरे ।

जनप्रतिनिधि भन्दा साढे दुई महिना जेठो गाउँपालिकामा तत्कालीन अवस्थामा कार्यकारी अधिकृतका साथ २–३ जना कर्मचारीबाट काम सुरु गरेको र अहिलेसम्म पनि कर्मचारी पर्याप्त नभएपनि पालिकाकासीको सेवा र विकासका धेरै काम गरेको बताए ।

निर्वाचित भएपश्चायत ४ सय ८६ घरमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सेवा पु–याएर काठको पोलमुक्त, एक घर एक धारा कार्यक्रमको नीतिअनुसार २ हजार ३ सय परिवारमा निजी पानीसहितको धारा जडान गरिसकेको बताए ।

बालबालिकाका क्षेत्रमा बालमैत्री स्थानीय शासन पालिका बनाउने अभियान भइरहेको र आधारभूत स्वास्थ्यमा पहुँच पु–याउने उद्देश्यले सातवटै वडामा आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको जानकारी दिए ।

…………………………………………………..

प्रदेश – बागमती प्रदेशमा पर्ने धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाँउपालिका पहाडी भेगमा पर्ने निकै सुन्दर स्थान मानिएको – गाँउपालिकाको ८४।३६ वर्गमिटर क्षेत्रफल रहेको छ । झण्डै २२,९६० जनसंख्या ७ वटा वडा रहेको गाउँपालिकाको अध्यक्ष – शम्भुकुमार थापाले नेतृत्व गरिरहेका छन् ।
उपाध्यक्ष –देवी पाण्डे बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनी रहेका छन् ।

………………………………………………….

एमबीबीएस डाक्टरसहित १५ बेडको अस्पताल सल्यानटारमा सञ्चालनमा ल्याएइएको र करिब १८ करोड लागतमा सुविधा सम्पन्न भवन निर्माण चरणमा रहेको बताए ।
३२ वटा विद्यालयमध्ये ३० वटा विद्यालयको पक्की भवन निर्माण गरि रानी पौवा मावि सल्यानटार र सल्यानकोट मावि सुनपोखरीको भवन निर्माण चरणमा रहेको उनले बताए ।

निर्माण कम्पनीले काम गर्न केही ढिला भएपनि चालू आर्थिक वर्षमा सम्पन्न गरिने बताएका ह’न् ।फोन सेवा घरघरमा जडान, खेलकुद क्षेत्रमा क्षेत्रीय स्तरको खेलमैदान निर्माण गर्न जग्गा प्राप्ति गरी निर्माण कार्य अघि बढाउने र सल्यानटारको पाँच धारेमा पार्क निर्माण गरेको बताए ।धादिङ प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटमा भ्यू पार्क र टावर निर्माण कार्य अघि बढँय कुमाल जातिहरुको कुमाल संग्रहालय निर्माण देखि निकै विकासका काम गरेको बताए ।

यातायात सुविधालाई व्यवस्थित गर्न ३८ किलोमिटरको चक्रपथ ट्र्याक जोडेर स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको र सल्यानटार–मूलपानी–वेलुङ भन्ज्याङ–कार्कीगाउँ–रिङ्ने–खहरे–स्ल्यानटार चक्रपथले सातवटै वडा समेटेको बताए ।

सल्यानटारबाट कालोपत्रे गर्ने काम पनि सुरु भएको र गाँउपलिका र सातवटै वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा ल्याई कार्यालय सञ्चालन गर्न दुईवटा भवन निर्माण गर्न सफल भइएको बताए ।

अर्को एउटा भवन निर्माण गर्ने तयारी रहेको र कृषि तथा पशुपालनको क्षेत्रमा समेत केही भएको अवस्था रहेसंगै जनशक्ति अभावमा अपेक्षा गरेअनुसार काम गर्न सकस परेको बताए।