नेकपासहित ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले फाल्गुन ४ गते बुधबार नेपाल बन्दको घोषण गरेका छन् ।
राष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि सरकार नेतृत्व देउवा सरकारले संसदमा टेबल गर्ने तयारी गरेको भन्दै खारेजीका लागि संघर्षरत नेपाल बन्दको घोषण गरेका हुन् ।
बन्दको आव्हान गरेका ५ पार्टी र एक मोर्चाले नेपाल बन्द सशक्त रुपमा सफल पार्न विशेष आव्हान गरेको छ ।
नेपाली राष्ट्रिय स्वाधिनताको आन्दोलनमा सर्वाधिक रुपमा निम्त्याउने अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपाली जनताले कठोर संघर्ष गर्दै आईरहेको जनउदै संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ६ दलको सहकार्यमा हस्ताक्षर सहित फागुन ४ गते नेपाल बन्दको घोषण गरेको हो ।
विज्ञप्ती यस्तो छ ।

 

 

विज्ञप्तीमा  यस्तो छ ।

संयुक्त प्रेस विज्ञप्ति MCC कम्प्याक्टले नेपाली राष्ट्रिय स्वाधिनताको आन्दोलनमा सर्वाधिक रुपमा निम्त्याउने अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपाली जनताले कठोर संघर्ष गर्दै आईरहेको छ । जसको परिणाम MCC कम्प्याक्टलाई संसदबाट पारित गराउने विगतका दलाल सरकार र वर्तमान देउवा सरकारको रणनीतिक योजना सफल हुन सकेको थिएन । बरु सरकारी गठबन्धन र संसदवादी दल भित्रै नेपाली जनताको MCC कम्प्याक्ट विरोधि संघर्षले पैदा गरेका अन्तर्विरोध एंव अवरोधहरुको सामना गर्नु परेको थियो । नेपाली जनताको MCC कम्प्याक्ट विरोधी संघर्ष र शेरबहादुर देउवा सरकार लगायत अमेरिकी साम्राज्यवादका दलाल एंच MCC कम्प्याक्टका पिछलग्गुहरु बीचको पेचिलो संघर्षको मोर्चाको क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप ,दबाव एंव धम्की र देउवा सरकार लगायत राष्ट्रघाति एंव जनघाती दलालहरुको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद बैठकमा MCC कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरी राखेको छन् । उपरोक्त राष्ट्रघाति षड्यन्त्र राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गरी राखेका देशभक्त नेपाली जनतालाई सह्य छैन । MCCकम्प्याक्टलाई खारेज गर्ने सशक्त र उच्च तहको संघर्षको कार्यक्रम अनिवार्य बन्न पुगेको छ ।

हाम्रो राष्ट्रिय स्वाधिनता माथि खतरा निम्त्याउने MCC कम्प्याक्टका विरुद्ध उच्च तहको जुझारु एंव प्रभावकारी संघर्षको कार्यक्रमबाट देउवा सरकार र नेपाली दलालहरुको फागुन ४ गते संसदमा MCC कम्प्याक्ट पेस गर्ने र पारित गर्ने षड्यन्त्रलाई परास्त गर्नु हामी संघर्षरत ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको आफ्नो कर्तव्य र राष्ट्रिय स्वाधिनताको आन्दोलनको एतिहासिक आवस्यकता ठानेका छौं ।

विषयको यहि गाम्भिर्यतालाई दृष्टिगत गरी फागुन १ गते घोषणा गरियको देशव्यापि विरोध प्रदर्शन र सभा कार्यक्रमलाई गुणात्मक रुपमा विकास गरि तपशिल बमोजिम सार्वजनिक गरेका छौं ।

घोपित संपको कार्यक्रमलाई भव्य रुपमा सफल पारी देउवा सरकारको MCC कम्प्याक्ट पारित गराउने गुरुयोजनालाई नेस्तनामुद पार्न देशका कम्युनिष्ट क्रान्तिकारी , सच्चा लोकतन्त्रवादीहरु देशभक्त शक्तिहरु मजदुर किसान मध्यम वर्ग राष्ट्रिय उध्धमी व्यवसायी विद्यार्थी बुद्दिजिवी शिक्षक व्यापारी कर्मचारी सुरक्षा क्षेत्र साहित्यकार कलाकार पत्रकार लगायत सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनतामा हार्दिक आव्हान गर्दछौं ।

संघर्षका कार्यक्रमहरुः
१) फागुन ४ गते शक्तिशाली र जुझारु नेपाल बन्द ।

२) फागुन ५ गतेबाट थप संघर्षका कार्यक्रम दिइने ।