पर्वत प्रहरीले फलेवास नगरपालिका बाट चोरी डकैतीको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

फालेवास वडा नम्बर ५ बस्ने बर्ष २८ को राजन वि.क. बर्ष २२ को किस्मत वि.क.पर्वत कुश्मा नगरपालिका.वडा नम्बर ३ बस्ने बर्ष २१ को साहिल वि.क र पोखरा महानगरपालिका सुन पसले अक्लेश बुद्धचार्य पक्राउ परेका हुन् ।

वडा नम्बर ५ लमायखोला किनारमा वडा नम्बर ७ लिमिठाना बस्ने २८ वर्षिया सम्राट पौडेलले वेहोस वनाई ग.१३ प. ४८ नं.अपाची १ मोटरसाईकल, दर्ता प्रमाण पत्र, लाइसेन्स,लगाएको सुनको सामाग्री रेड्मी नोट ७ प्रोम्याक्स मोबाईल नेपाली रुपैँया १५ हजार सहितको पर्स लुटिलगेको भन्ने सुचना पाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रहरीकै जानकारी अनुसार सुचनाकै आधारमा  बिशेष ढङ्गले पर्वत फलेवास वडा नम्बर ५ बस्ने बर्ष २८ को राजन वि.कलाई लगेको मोटर साईकल,कागजात र मोवाईल सहित नियन्त्रणमा लिई सोधपुछ गरेको हो ।

सोही आधारमा लुटिलगेको सुनको औंठी पोखरा महानगरपालिका वडा नम्बर १ बस्ने बर्ष २१ को सुजिन सुनार मार्फत वडा नम्बर २ मोहोरिया टोलमा रहेको गहना घर नामक औठी बिक्री गरेको थाहा भएपछि सुनको औंठी समेत वरामद गरी सुन पसले बर्ष २५ को अक्लेश बुद्धचार्य समेतलाई नियन्त्रणमा लिईएको हो।

कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दिन २० को म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।