हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–४,स्थित ओम्याक्स हल अगाडिबाट लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर–१ का ४८ वर्षीय जंग थिङ रहेका छन् ।

आइतबार बिहान ७ बजेर ३० मिनेटको समयमा लागूऔषध बिक्री बितरण भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा, बिरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ओम्याक्स हल अगाडीको सडकमा शंकास्पद रुपमा हिडिरहेका अवस्थामा कैलाश गाउँपालिका वडा नम्बर–१ बस्ने थिङलाई फेला पारेर रितपुर्वक खानतलासी गर्ने क्रममा निजको साथबाट २ किलो ८९० ग्राम लागु औषध अफिम परेको थियो ।

उनको साथबाट लागूऔषध बरामद गरी निजलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।