स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयत्न गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा विकृति रहेकाले सुधार गर्ने बताउनुभयो ।
“निःस्वार्थ भावनाले स्वास्थ्य क्षेत्रको विकृति हल गर्न प्रयत्नशील रहनेछु”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैको सहयोग हुनुपर्दछ ।” राज्यमन्त्री केसीले स्वास्थ्य संस्थाको सुधार, स्वास्थ्य बीमाको सबलीकरण, अस्पतालको सुदृढीकरण, स्वास्थ्य सेवाको गुणस्तरमा आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
उहाँले आफूले काम गर्दा जहिले पनि निस्कलङ्क भई गर्दै आइरहेको र स्वास्थ्यमा पनि नबिगारिकन काम गर्ने बताउनुभयो । उहाँले नेपाली जनताको शिर निहुरिने गरी आफूले कदापि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दाङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएका केसी गत आइतबार स्वास्थ्यराज्यमन्त्रीमा नियुक्त रासस























प्रतिक्रिया दिनुहोस्