हेटौंडा । सिन्धुली जिल्लाको प्रहरी कारागारबाट ४ सय ७१ जना कैदी/थुनुवा फरार भएको घटनापछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तीमध्ये २२२ जना कैदी/थुनुवालाई पक्राउ गरेको छ। फरारमध्ये १९९ जना सिन्धुली कारागारबाट भागेका र २३ जना अन्य कारागार तथा बाल सुधार गृहबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार फरार कैदीहरुलाई विभिन्न मुद्दामा पक्राउ गरिएको हो। उनीहरूमाथि आगजनी, ज्यान सम्बन्धी कसुर, करणी, अपहरण, लागु औषध, चोरी, ठगी, भन्सार चोरी, सवारी ज्यान तथा अन्य अपराधका आरोप थिए। आवश्यक समन्वय र अनुसन्धान पछि १सय२९ जना स्वयं कारागारमा हाजिर भएका छन्।
आगो लगाउने र ज्यान सम्बन्धी कसुरमा संलग्न ५९ जन ,करणी सम्बन्धी कसुर ५० जना, अपरहण र मानव बेचविखन सम्बन्धी ८ जना, लागु औषधको २६ जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै, चोरी र अंगभंगको अभियोगमा २२ ठगी तथा बैंकिङ कसुरमा १३, सवारी ज्यान तथा अन्य अपराध १६ जना, अन्य कारागार तथा सुधार गृहबाट फरार भएका २३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा जगन्नाथ देवालय कारागारबाट ५२, नरुधु कारागारबाट ४, भिमफेदी कारागारबाट १, जलेचर कारागारबाट २, ताम्का कारागारबाट ३ र भक्तपुर बाल सुधार गृहबाट १ जना फरार थिए।


















प्रतिक्रिया दिनुहोस्