लागूऔषध खैरोहेरोइनसहित पक्राउ परेका २ जना प्रतिवादी र खैरोहेरोइन ।

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको छुट्टा छुट्टै स्थानबाट लागूऔषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान साढे ८ बजेदेखि ९ बजेको समयमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने खबर प्राप्त हुृनसाथ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र हेटौंडा–११,स्थित थानाभर्‍याङको अस्थायी प्रहरी पोष्टबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले हेटौंडा–१०,स्थित गोरक्षेश्वर मन्दिरबाट ३३ वर्षीय शनि रानाभाटको साथबाट ५८० मिलिग्राम र हेटौंडा–११ बस्ने २९ वर्षीय सरोज बानियाँको साथबाट ५८० मिलिग्राम गरी १ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको छ ।

लागूऔषध सहित रानाभाट र बानियाँलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्यादको अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त एव्‌म डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी