नेपाली काँग्रेसका सभापति बुद्ध लामा ।

हेटौंडा । नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाकारमा नियुक्त भएका छन् । बिहीबार बसेको बागमती प्रदेशको मन्त्री परिषद्को बैठकबाट काँग्रेसका जिल्ला सभापति बुद्ध लामालाई मुख्यमन्त्री बानियाँले प्रमुख तथा राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हुन् ।

सल्लाहकारमा नियुक्त भएपछि लामाले बागमती प्रदेशको विकासका गर्ने कार्यमा लाग्ने बताए । उनले बागमती प्रदेशलाई अन्य प्रदेशको तुलनामा अग्रणी प्रदेशका रुपमा स्थापित गराउन मुख्यमन्त्रीलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रदेशको विकास, सुशासन र जनतामुखी नीतिहरू कार्यान्वयन गर्नका लागि मन्त्रीहरुको साग दिने उनको भनाई छ । पार्टी र सरकारबीच पुलको भूमिकामा रहन आफू तयार सदैव ततपर रहेको उनले बताए । उनले विगत लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए ।

२०७८ सालमा सम्पन्न नेपाली काँग्रेस मकवानपुरको १४औं जिल्ला अधिवेशनबाट बुद्ध लामा काँग्रेसका सभापतिमा चयन भएका थिए । सभापतिका आंकाक्षी आनन्दराम पराजुली र जयराम लामिछानेलाई पहिलो चरणमा पछि पारेका लामा सहमतिमा सभापति चुनिएको थिए । उनले पहिलो चरणको मत परिणाम अनुसार सबैभन्दा बढि ५ सय ९५ मत ल्याएका थिए । उनका आंकाक्षी पराजुलीले ५ सय ४५ ल्याउँदै अर्का आंकाक्षी लामिछानेले ५ सय ३१ मत प्राप्त गरेका थिए ।

रातो समाचार संवाददाता
थप जानकारी