हेटौंडा । मकवानपुर र बाराको सिमानामा सवारी दुर्घटना हुँदा १६ जना घाइतेहेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा–१५ र जीतपूर सिमरा उपमहानगरपालिका वडा–२२ पूर्वपश्चिम सडक खण्ड अन्तर्गत मकवानपुर र बाराको सिमानामा रहेकोे चुरिमाईमा नजिक नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । मंगलबार २ बजेर ५० मिनेटको समयमा मकवानपुर र बाराको सिमाना चुरियामाई स्थितमा नम्बर–२ राजदल गण तनहुँबाट धनुषा तर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको नेतृत्वमा जाँदै गरेको को ४ वटा नेपाली सेनाको ट्रक मध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार भए आएका २२ जना मध्ये १६ जना घाइते भएका छन् ।

चुरियामाई नजिकको सिमाना पुलबाट १०÷१२ फिट तल खसेर ट्रक दुर्घटना भएको छ भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फूँयाल।, इलाका प्रहरी कार्यालयका पशुपतिनगरबाट प्रहरी निरीक्षक, प्रहरी चौकी रातोमाटेबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा २५ जना र इलाका प्रहरी कार्यालय अंलेखगंज बाराबाट प्रहरी नायब निरीक्षक धन बहादुर श्रेष्ठ नेतृत्वमा ७ जनाको टोली घटना स्थलमै पुगेर घाइतेहरुलाई नेपाली सेनाकै सहयोगमा उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा पठाएका थिए । घाइते १६ जना मध्ये ३ जनाको अवस्था गम्भिर र अन्यको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।