केपी शर्मा ओली ।

हेटौंडा । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका छन् । हाल देशमा भइरहेको जेन जी को विरोध प्रदर्शनीले देशमा उत्पन्न भएको परिस्थितीलाई मध्य नगर गर्दै प्रधान मन्त्री आलीले पदबाट राजिनामा दिएका हुन् । गत वर्ष असार ३१ गते नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दहाल प्रचण्डपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।

असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम मंगलबारदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको ओलीले बताएका हुन् ।

 

उनले आफ्नो राष्ट्रपति रामचन्द्र पौड्याललाई सम्बोधन गर्दै राजिनामापत्र पठाएका छन् । जेन जी को आन्दोलनको बाहिरी पुगेर नियन्त्रणमा लिएको कारणले उनले राजिनामा दिन बाध्य भएका हुन् । प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन् ।

केपी शर्मा ओलीको राजिनामापत्र ।