हेटौंडा । नेपाल सरकारको नयुनियुक्त पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार संसद् विघटनपछि सर्वसम्मत नेपालको पहिलो महिला प्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
संविधानको धारा ६१ अनुसार ४२ औं प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीलाई आफ्नौ पदय जिम्मेवारी इमान्दारी पूर्वक र निष्टापूर्वक निर्वाह गर्नका लागि राष्ट्रपति कार्यालय शीलत निवासमा शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री कार्कीको सिफारिस अनुसार राष्ट्रपति पौड्यालले मन्त्री परिषद् गठन गरेर विभिन्न कार्य विभाजन गरेका छन् ।
उनले अर्थ, उद्योग वाणिजय तथा आपूर्ती, उर्जा जल स्रोत तथा सिँचाइ,कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशु पंक्षी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण भौतिक पूर्वाधार तथा यातायात, युवा तथा खेलकुद, वन तथा वातावरण, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा लगायतको मन्त्रालयको कार्य विभाजन गरेका छन् ।

















प्रतिक्रिया दिनुहोस्