विरोध र्‍यालीमा सहभागीहरु ।

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जेन जी पुस्ताले विरोध प्रदर्शनी गरेका छन् । देशव्यापी रुपमा चलिरहेको विरोध कार्यक्रम अन्तर्गत सोमबार जेन जी ले प्रदेशको राजधानी हेटौंडामा पनि विरोध प्रदर्शनी गरेका हुन् । भ्रष्टचार र सामाजिक सञ्जालमा भएको अवरोध विरुद्ध अवरोध हेटौंडाका युवाहरु, कलेज र विद्यालयका विद्यार्थी उल्लेखनीय रुपमा विरोध कार्यक्रममा सहभागी भएका थिए । भ्रष्टचार र सामाजिक सञ्जाल बन्द गरिएको विरुद्धको विरोध प्रदर्शनीमा विभिन्न हेटौंडाको नगर परिक्रमा पनि गरिएको थियो ।

विरोध र्‍यालीमा सहभागीहरु ।

हेटौंडा उपमहानगरपालिका रोडबाट सुरु भएको विरोध र्‍याली मकवानपुर बहुमुखी क्याम्पस, मनकामना चोक, संगमचोक, कान्तिरापथ हुँदै बुचद्धोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा सहभागी युवाहरुले भ्रष्टचारको अन्त्य हुनुपर्ने र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दलाई हटाउनुपर्ने बताएका छन् ।
विरोध र्‍यालीमा सहभागी मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीसहित अन्य युवाहरु ।
सरकारको विरुद्धमै जनताहरुले आवाज उडाएको कारणले सामाजिक सञ्जालमा बन्देज लगाएको धारण राखेका छन् ।
उनीहरुले यस्ता प्रकारको सरकारको अनैतीक प्रक्रियाको कारणले पनि युवा पीडिहरु विदेशीनका लागि बाध्य भएको धारणा राखेका छन् । भ्रष्टचारको विरोध गर्दै पहिलो सुरुवात गरेकोमा पछि चरणबद्ध अन्दोलनमा जान सक्ने उनीहरुको भनाई छ ।
पम्प्लेट देखाएर नारा लगाउँदै विद्यार्थी ।
देशमै बसोवास गरेर भविष्य खोज्ने प्रयास गरेतापनि सरकारले चासो नदेखाएको दाबी गरेका छन् । जेन जी को विरोध प्रदर्शनका क्रममा करिब १९ जनाको मृत्यु भएको जनाएको छ । जसमा १०० भन्दा युवाहरु घाइते भएका छन् ।
विरोध र्‍यालीमा नेपाली झण्डा लिएर नारा लगाउँदै युवाहरु ।