हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्ती  स्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार साँझ ट्रकको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ ।

चितवनबाट हेटौंडातर्फ आइरहेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री ८४ वर्षीया इन्द्रकुमारी स्याङतानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी स्याङतानलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइए पनि, साँझ ५ बजेर ६ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न ट्रक चालक धनुषा जिल्ला मिथिला नगरपालिका वडा नम्बर-७ का २५ वर्षीय संजित कुमार महतो  लाई प्रहरीले नियन्त्रणमा लिएको छ।  प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

रातो समाचार संवाददाता
थप जानकारी