हेटौंडा । छिमेकी मुलूक भारतबाट नेपालतर्फ पैदल प्रवेश गर्दै गरेका एक व्यक्तिलाई झापाको मेचिपुल क्षेत्रमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । उनीबाट ठूलो परिमाणको लागूऔषध, नगद र सुन बरामद भएको झापा प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर-२ गण हेटक्वाटर झापाअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा दोलखा झ्याकु–५ का नङ्ग बहादुर बस्नेतलाई मेचीनगर–६ स्थित मेचिपुलमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
उनको साथबाट ४०.१८ ग्राम खैरो हेरोइन, नेपाली १० लाख ५१ हजार १ सय २० रुपैयाँको नगद , र ९०.५४० ग्राम सुन (१ थान सिक्री र २ थान औंठी) बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सुनको मूल्य हालको बजार दर अनुसार करिब रु. १९ लाख ६९ हजार ३०८ रुपैयाँ ४० पैसा बराबर पर्ने बताइएको छ ।
सशस्त्र प्रहरी निरीक्षक दिवश न्यौपानेको कमाण्डमा खटिएको टोलीले बस्नेतलाई बरामद वस्तुसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएको हो ।

















प्रतिक्रिया दिनुहोस्