गत वर्षको कमाने प्रिमियर लिगको ट्रफी ।

हेटौंडा । कमाने क्रिकेट क्लबले आयोजना गरेको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आय–व्यय विवरण सार्वजानिक गरिएको छ । गत माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको तेस्रो संस्करण कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको बिहीबार आय–व्यय विवरण करिब ७ महिनापछि सार्वजानिक गरिएको छ । विभिन्न निकायहरुबाट प्राप्त हुन रकम र दर्ता शुल्क उठन बाँकी भएकोले आय–व्यय विवरण सार्वजानिक गर्न समय लागेको क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी गराएका छन् ।

उनका अनुसार दोस्रो संस्करणको प्रतियोगिता विवरण पनि यस वर्षनै सार्वजानिक गरिएको छ । क्लबले सार्वजानिक गरेको विवरण अनुसार तेस्रो संस्करणको प्रतियोगितामा ३ लाख ९३ हजार २ सय ५० रुपैयाँ आम्दानी र ३ लाख ९२ हजार २ सय ९५ रुपैयाँ खर्च भएको अध्यक्ष खत्रीले बताएका हुन् । क्लबमा ७० हजार रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए ।

तेस्रो संस्करणको प्रतियोगिताको विवरण ।

 

उक्त रकम उठेमा क्लबमा ९ सय ५५ रुपैयाँ बचत हुनेछ । हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको सहयोगमा भएको प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको थियो । गत माघ १९ गते सम्पन्न भएको प्रतियोगिताको उपाधि कमाने टाइगर्सले कमाने रोयल्सलाई ४ रनले हराउँदै जितेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताका लागि पहिलो पुरस्कारका प्रयोजन जनकपुर बोल्डसका मालिक उत्सव सिग्देलले गरेका थिए । क्लबले विगत ३ वर्षदेखि कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

 

दोस्रो संस्करणको आर्थिक विवरण ।

रातो समाचार संवाददाता
थप जानकारी