रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा २७ जुन असार १२ गते गते बिहिबार देखि साउथ हिन्दी मुवी ‘कल्की २८९८ एडी’ रिलिज हुदैछ ।

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत बहुप्रतिक्षित मुवी कल्की २८९८ एडीले अग्रिम टिकट बुकिङमा रेकर्ड राखेको छ। यसले सर्वाधिक टिकट बिक्री गरेर नयाँ रेकर्ड राखेको हो। अग्रिम टिकट बुकिङ खुला गरेसँगै फिल्मले राम्रो कमाइ गरिरहेको छ। यो डिस्टोपिर्एयन साइन्स फिक्सन जनरामा बनेको फिल्म हो।

नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन मुख्य भूमिकामा छन्।

यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हो । इन्डियन माइथोलोजी र साइन्स फिक्सनलाई एकसाथ मिश्रण गरेर फिल्मको कथावस्तुबाट दर्शकहरुलाई नयाँ स्वाद दिने गरि बनाउन खोजिएको यो मुवीलाई फिल्म समीक्षकहरुले भारतको अहिले सम्मकै सबैभन्दा रिस्की प्रोजेक्टको रुपमा समेत हेरेका छन् ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।