रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा 8-A साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
कर्णावती युवा क्लबको आयोजना पुष २८ गते शनिवार देखि सुरु हुन लागेको (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागिता रहने छ ।
प्रतियोगिताको उपाधि विजेता हुने टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक टिमले बताएका छन् ।
























प्रतिक्रिया दिनुहोस्