हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमानेमा व्यापार, प्रर्वद्धन एवंम प्रर्दशनी कमाने महोत्सव शुक्रबार देखि सूरु भएको छ ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरण गर्ने भन्दै पौष ६ र ७ गते दुईदिने प्रदर्शनी कमाने महोत्सवको उद्घाटन भएको हो ।
हेटौंडा उपहानगरको मेयर मिना कुमारी लामाले उक्त महोत्सबको उद्धघाटन गरेकी हुन् ।

वडा नम्बर ८ को मुख्य सडकको निमचोक देखि सागरचोक सम्मको सडक किनारामा प्रदर्शनीका लागि रहेको व्यापारिक स्टलहरुमा स्थानीय उत्पादनको खाना देखि बिभिन्न उपभोग्य बस्तुहरु राखिएका छन् ।
७ लाख रुपैंया खर्च हुने अनुमान गरिएको र वडा कार्यालयले ३ लाख व्यवस्था गरेकाले बाँकी रकम अन्य स्रोतबाट जुटाउनुपर्ने आयोजकले जनाएको हो ।

महोत्सव अवधिभर सो सडक खण्डमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।
महोत्सवका संयोजक विष्णुप्रसाद अर्यालको सभाध्यक्षतामा गरिएको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले आफ्नै वडा र स्थानमा भएका सामाग्रीहरु कतिको उपभोग गरियो भन्ने कुरा अबलम्वन गर्न जरुरी रहेको बताएकी छिन् ।

“कमानेको किनौं, कमानेलाई चिनौं” मूल नाराका साथ  महोत्सव गरिएको महोत्सवका संयोजक विष्णुप्रसाद अर्यालले बताए।
वडाभित्रको टोल विकास संस्थाको उत्पादन सामाग्रीहरु प्रदर्शनीगरेर व्यापार, व्यवसायका लागि बाटो बनाउन र साँस्कृतिक पहिचान जोगाउन गरिएको कार्यक्रममा सबैको सर्मथन रहेको बताउदै धन्यवाद व्यक्त गरे ।

उपमहानगरको उपमेयर राजेश बानियाको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा हेटौंडा उपमहनगरको वडाहरुका वडाध्यक्ष, टोल बिकाशका प्रतिनीधि लगायतको
उपस्थिति रहेको थियो ।