हेटौंडामा अवस्थित होराईजन अटो प्रा.लि. बजाज शोरुमले आइताबार देखि एक्सेञ्ज अफर ल्याउने भएको छ ।

बजाज कम्पनीको मोटरसाइकल पारखी ग्राहकवर्गको चाहाना र माग अनुसार नै बजाज कम्पनीको एक्सेन्ज अफर ल्याइन लागेको हेटौँडा १० स्थित टिसिएन रोडमा रहेको  शोरुमले जनाएको छ ।

बजाजले ल्याएको उक्त अफरमा बिग्रिएको र कामै नलाग्ने अवस्थाको पुरानो मोटरसाईकल छोडेर रोजाई अनुसारका नयाँ मोटरसाइल लैजान सक्ने प्रोपाइटर राजुरत्न बज्राचार्यले बताएका छन् ।

एक्सचेन्जका लागि ल्याईएका पुरानो मोटरसाईकलको कण्डिसन हेरेर मूल्यांकन गरि ४० प्रतिशत रकम पेमेन्ट गरेर बाकी रकम किस्ता स्वरुप तिर्ने गरिपनि मोटरसाईकल लैजान पाउने व्यवस्था रहेको बज्राचार्यले बताए ।

कुनै पनि मोटरसाइकलको प्रचलित बजार मूल्याङ्कन भन्दा रु १० हजार थपका साथै प्रत्येक नयाँ मोटरसाइकलको खरिदमा सुन्ना प्रशित व्याजदर४० प्रशित डाउन पेमेन्टमा थप ८ हजार छुट सहित ग्राहकवर्गलाई उपलब्ध गराएको उनले बताए ।

यसैक्रममा अर्का प्रोपाइर यसैक्रममा अर्का प्रेपाइटर लालकाजी रत्न बज्राचार्यले अन्य मोटरसाइकल भन्दा बजाज धेरैनै स्तरिय भएको दाबी गरे।

उनले अरुको तुलनामा बजाजले पेट्रोलको राम्रो माइलेज दिने, सजिलै पार्ट्सहरु पाइने, वारेण्टीमा सहज फाईनान्सको व्यवस्था लगायतका सेवासुविधा समेत रहेको बताए ।

कागजात भएका जुनसुकै मोटरसाईकल ल्याएर एक्सचेञ्ज गर्न सक्ने र माघ १६ गते आइताबार बाट एक्सजेन्ज अफर सुरु भई माघ २० गते सम्म सञ्चालन हुने बज्राचार्यले बताए ।

Phone No:-9801305439    ,  9801305418,     9801368461,   9855068461