जिल्ला प्रहरी कार्यालय झापाले अवैध रुपमा हातहतियार लुकाई राखेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ स्थित दहिझोडा बस्ने ६२ बर्ष को ईन्द्र बहादुर आङ्देम्बेलाई ४ गते राती करिब ८ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी झापाका सुचना अधिकारी, प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।
प्रहरी प्रवक्ता चन्दले दिएको जानकारी अनुसार आङ्देम्बेको घरको परिसरमा तलासी लिँदा उनको घरदेखि अन्दाजी ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको कासको छाना भित्रबाट पहेँलो प्लास्टिकमा पोका पारेर लुकाइ राखेको अवस्थामा १ थान कटुवा पेस्तोल सहित आङ्देम्बे पक्राउ परेका हुन् ।
उनलाई नियन्त्रमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा पठाएर अनुसनधान गरिरहेको प्रवक्ता चन्दले बताएका हुन् ।























प्रतिक्रिया दिनुहोस्