
हेटौंडा । हेटौंडाबाट हराएको २ वटा ट्रक फेला पारेर जिल्ला प्रहरी मकवानपुरका प्रहरीले सम्बन्धीत ट्रक धनिलाई बझाएको छ । हेटौंडा–१२ का ४१ वर्षीय इश्वर बलामीले सञ्चालन गर्दै आएको ना ३ ख ७३२० नम्बरको ट्रक मिति गत महिनाको बैशाख ३० गते हेटौंडा–११ नवलपुर स्थित ग्यारेजमा पार्किङ गरेर राखेको अवस्थामा चोरी भएको र हेटौंडा–३ बस्ने ४६ बर्षीय हरि बहादुर डंगोलले सञ्चालन गर्दै आएको मे १ ख १४५७ नम्बरको जेठ १ गते आफ्नै घर अगाडीबाट चोरी भएको ट्रक चितवन जिल्लाको खैरनी नगरपालिका वडा नम्बर–९,स्थित पूर्वपश्चिम लोकमार्ग सडक खण्डबाट फेला पारेर सम्बन्धी धनीलाई बुझाइएको हो ।
ट्रक चोरी भएको भनी दुबै ट्रक धनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा शनिबार फेला पारेर दुबै जनालाई फिर्ता गरेको प्रहरीले जानकारी दिएको छ । चोरीमा संलग्न भएका व्यक्तिहरुको खोजीतालस गरिररहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्