हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले मन्त्रालय अन्तर्गको कार्यालयहरुमा सुशासनयुक्त काम गर्नका लागि पहिलो प्राथमिकता दिएको बताएका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले सुशासन पारदर्शीता र भ्रष्टचार निज समाज श्रीजना गरेर आफ्ना मातहतको कार्यालयमा सुशासन कायम गर्ने तर्फ लागेको उनले बताए ।

आइतबार हेटौंडामा प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा सुरु भएको ३ दिने प्रदेशस्तरीय समीक्षा कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री थापाले सबै कार्यालय प्रमुखहरुलाई उक्त कायमका लागि पदभार गरेको जानकारी गराएका छन् ।

अब प्रदेशको स्वास्थ्य मन्त्रालयले सुशासनलाई प्राथमिकतामा राखेको, भ्रष्टचार न्यून गरेको भन्ने सन्देश दिनका लागि अस्पताल जनस्वास्थ्य कार्यालयले टेनडरबाट खरिद गरेमा पारदर्शीता हुने धारणा राखेका हुन् । प्रत्येक जिल्लाको स्वास्थ्य कार्यालयले स्वास्थ्य समीक्षा कार्य सम्पन्न गरेको बताउँदै उनले आफ्ना कायमहरु कुन हदसम्म पुगेको छ, कार्यको राम्ररी लागू भए नभएको र के कारणले लागू नभएको बुझ्न आवश्यक रहेको उनले बताए । संसोदेखि सबै कुरामा सरकारको महत्वपूर्ण भूमिका हुने उनले बताए ।

आज प्रदेश सरकार भएकै कारणले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कामहर गरेको उनको भनाई छ । बागमती प्रदेशको १३ जिल्लामा अस्पतालदेखि विशेषयज्ञ सेवासहित अन्य कुराको फाइदा भएको उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी