डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गरेको आन्दोलन आज १३औँ दिन भएको छ ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले गरेको प्रर्दशन जारी छ भने बिहीबार पनि कृषि सामग्री बोकर प्रदेश २ को जिल्लाहरूमा प्रर्दशन गरेका हुन् ।

किसानलाई समयमा बिउ, मल, सहित राहत व्यवस्था सरकारले गर्नुपर्ने भन्दै हलो, कोदालो र लठ्ठी लगायतका सामग्री सहित सरकारविरुद्ध प्रर्दशनमा उत्रिएका थिए ।

सिरहामा केहीदिन अगाडि केही व्यक्तिले गँहुको बिउ लुटेको विषयमा औरही गाउँपालिकाले चार जनाविरुद्ध मुद्दा चलाउँदा जनमत पार्टी आन्दोलित भएको हो भने किसानको मुद्दालाई नेपाल सरकारले सम्बोधन गर्नुपर्ने माग प्रर्दशन पक्षको छ ।

 

picture –

Madhesh tv

facebook