Rato Samachar
Thu, 25 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले मोबाइल एपबाटै कर्जा लिन सक्ने

सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेको योगदानकर्ताले मोबाइल एपबाटै विभिन्न कर्जा सुविधा लिन पाउने भएका छन् । कोषले आजदेखि मोबाइल एप सञ्चालनमा ल्याएको छ । सोही एपको प्रयोग गरेर योगदानकर्ताले विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा लिन सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवरले योगदानकर्ता विशेष सापटी र मोबाइल एपको शुभारम्भ गर्नुभयो । सो अवसरमा मोबाइल एपबाटै कोषमा योगदान गरिरहेका विनयकुमार महतो र पवनबाबु प्रधानले विशेष सापटी तथा केशव खड्काले अवकाश सुविधाबापतको रकम प्राप्त गर्नुभयो । एपमार्फत कोषमा योगदान गरेको रकम र विभिन्न सापटी तथा कर्जा लिएको विवरण लिन सकिने छ । कोषमा जम्मा भएको ८० प्रतिशत रकम (विशेष सापटी) झिक्नका लागि आवेदन दिने, सूचीकृत अस्पतालको सूचीलगायत विभिन्न सुविधाका बारेमा जानकारी लिन सकिने कोषका सूचना अधिकारी डा रोशन कोजुले जानकारी दिनुभयो । विसं २०७६ साउनसम्म नियमित योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी तथा कर्जा लिन पाउने भएका छन् । कोषमा योगदान सङ्कलन गर्न सुरु थालेयता करिब सात सय योगदानकर्ता त्यस्तो सुविधाका लागि योग्य भएका छन् । उनीहरुले आवश्यक परेको अवस्थामा सापटी तथा कर्जाका लागि आवेदन दिन सक्नेछन् । हालसम्म कोषमा तीन लाख ५२ हजार नौ सय २४ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा रु २२ अर्ब आठ करोड योगदान रकम सङ्कलन भइसकेको छ । कोषले विसं २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो । सूचीकृत योगदानकर्ताको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा मासिकरुपमा जम्मा गर्नुपर्छ । आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिकका तर्फबाट र बाँकी २० प्रतिशत रोजगारदाताका तर्फबाट कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । योगदानकर्ता सापटी निर्देशिका, २०७९ मा कोषमा सूचीकृत भएर तीन वर्ष नियमित योगदान गरेका योगदानकर्ताले सापटी र कर्जा सुविधा लिन सक्ने व्यवस्था छ । निर्देशिकाअनुसार योगदानकर्ताले नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न कर्जा पाउनेछन् । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले विशेष सापटी र कर्जा लिनका लागि ३६ महिना योगदान गरेको तथा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेको हुनुपर्ने बताउनुभयो । धितो मूल्याङ्कनका आधारमा योगदानकर्ताले अधिकतम रु ७५ लाख वा १५ वर्षको तलब बराबरको रकम पाउनेछन् । योगदानकर्ता वा निजको पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि अधिकतम रु ३५ लाखसम्म कर्जा पाउनेछन् । शैक्षिक कर्जाअन्तर्गत भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, होस्टल वा आवाज खर्च, शैक्षिक सामग्री शुल्क तथा ट्राभल र बीमा खर्च पाउनेछन् । योगदानकर्ताले आफू वा एकाघर÷सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि सामाजिक कार्य सापटी प्रदान गर्न सकिने छ । तीन वर्ष जम्मा गरेका योगदानकर्ताले अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकम प्राप्त गर्नेछन् । सो अवसरमा श्रममन्त्री कुँवरले कोषको सेवालाई प्रविधिमैत्री बनाउन निर्देशन दिनुभयो । कोषका योजनालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउन आग्रह गर्नुभयो । कोषका अध्यक्ष एवं श्रम सचिव अर्यालले कोषमा जम्मा भएको रकमको सदुपयोग गरी योगदानकर्तालाई विभिन्न सुविधा दिन शुरु भएको बताउनुभयो । “योगदानकर्ता रकमको परिचालन गर्न सकिएन भन्ने गुनासोको अन्त्य भएको छ”, उहाँले भन्नुभयो, “यो पहिलो योजना हो, अब योगदानकर्तालाई उद्यमशील बनाउन सहुलियत कर्जा प्रवा गर्ने योजना छ—रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लोकप्रिय



भर्खरै

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology