मकवानपुरे साहित्यकार तथा गायक पुरुषोत्तम आचार्यले नेपाली  म्युजिक भिडियो ‘घाम त झुल्क्यो डाँडामा’ लिएर आएका छन्।

कलमको माध्यमले देशको अवस्था, तल्लो वर्गमा पर्ने पिडा, अनि सामन्तीहरुले गरेको शोषण, गरिबीको कष्ट लगायतका कुराहरु समेटेर गितमार्फत ‘घाम त झुल्क्यो डाँडामा’ ल्यायको आचार्यले बताए ।

हामी त भयौं दुखिया, बाटो फेर्न हिँडेको साइँला, यो बिहान तिम्रै हो र जाग जाग जाग जाग जस्ता निकै मिठा गितहरु प्रस्तुत गर्दै एक समारोह बिच सार्वजनिक गरिएसंगै उनले घाम त झुल्केको हो तर, व्यवस्था परिवर्तन नभएको नेपालको अवस्थालाई गित मार्फत बुझाउन खोजिएको बताए ।

पि.एम.सेन्टरको संगित संयोजन र शव्द, स्वर र संगित आचार्यकै रहेको गिती कोशेली फाल्गुन १ गतेका दिन सशस्त्र जनयुद्ध दिवसको अवसर पारेर सुदर्शन फउन्डेसन, सर्जक सन्जाल, जागरण मिडिया र एन .एस टेलिभिजनको सहयोगमा गरिएको कार्यक्रमका विच भिडियो सार्वजनिक गरेसंगै उनको गयनको तारिफ गरिएको छ ।

मिना श्रेष्ठ प्रोडोक्सन म्यानेजर रहेको गितमा बाबु थिङ्गको निर्देशन मिलन श्रेष्ठको छायङ्कन सुन्दर लामाको मिक्सिङ्ग, र महेन्द्र ओझाको सम्पादन रहेको भिडियोमा आइपी आचार्य, लेखत लुइटेल र बालकलाकार अपुर्व आचार्यको अभिनय रहेको छ ।

 

यसै विषयमा ‘घाम त झुल्क्यो डाँडामा’ का सर्जक पुरुषोत्तम आचार्यसंग कुराकानी गरेका छौँ ।
कुराकानीको भिडियो हेर्न र सुन्नकालागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।