हेटौंडा । उर्लाबारी, मोरंगकी रजनी थापा नवौँ संस्करणको मिस कोशीको उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मोरंगको, बिराटनगरमा सम्पन्न भएको प्रतियोगितामा १६ जना फाईनलिस्टहरुलाई पछि पार्दै रजनीले मिस कोशीको उपाधि जितेकी हुन् ।
प्रतियोगिताको अर्गनाइजर च्वाइसको उपाधि सुन्दरहरैचाकी लक्ष्मी चौधरी घोषित भइन् । फस्ट रनरअप बर्जु, सुनसरीकी दिपान्जली राई, सेकेण्ड रनरअप ईनरुवाकी गरिमा शाशकंर (गुरॉंश), थर्ड रनरअप काठमाडौंकी भुमीका नेपाल र फोर्थ रनरअप धरानकी दिया राई भइन् ।
मिस पपुलर अर्जुनधाराकी युनिका बिश्वकर्मा, मिस पब्लिक च्वाइसको उपाधि ईटहरीकी अपेक्ष्या चौधरी, मिस ब्यूटी वित ब्रेन बेलबारीकी सरु लिम्बु, मिस पर्सनालिटी रजनी थापा र मिस मल्टिमिडियाको उपाधि युनिका बिश्वकर्मा, मिस ट्यालेन्ट गरिमा शाशकंर (गुरॉंश) ले जितिन भने मिस फोटोजेनिक बिराटनगरकी सिमरन साहु भइन् । यसैगरी मिस ब्यूटिफूल स्मायल दिया राई, मिस ब्यूटिफूल हेयर दिपान्जली राइ, मिस इन्टेलेक्ट लक्ष्मी चौधरी, मिस क्याटवाक अपेक्ष्या चौधरी, मिस फिजिक बिराटनगरकी निमा राजबशीं, मिस बेस्ट ट्रान्सफरमेशन बिराटनगरकी दिपिका साह र मिस रिफरेसिगं फेस भुमीका नेपाल घोषित भइन् ।
प्रतियोगिताको प्रमुख अतिथि मोरगं उपप्रमुख जिल्ला अधिकारी सरोज कोईराला रहेका थिए । प्रतियोगिताको निर्णायकहरुमा बिपी कोइराला प्रतिस्ठान (घोपा क्याम्प) का डिन डाक्टर शिवेन्द्र झा, राष्ट्रिका साहित्य प्रतिस्ठानका अध्यक्ष ऋषिदेव घिमिरे, मिस कोशी २०२४ की बिजेता शुभ लक्ष्मी राई, र निर्माता निर्देशक नितीन कुमार चन्द रहेका थिए । मिस कोशीको बिजेताले नगद रु १ लाख र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेको जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले बताए ।
रातो समाचार संवाददाता
थप जानकारी