बागमती / नेकपा माओवादी केन्द्रका अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले माओवादी पार्टीको राम्रोसँग प्रगती भइरहेको बताएका छन् ।

शनिबार बागमती गाउँपालिकाको माओवादी पार्टी कार्यालयमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै देशभरी नै एकचोटी जनताले देश, जनता प्रति इमान्तर माओवादी नै रहेको कुरालाई विश्वास दिलाउन सफल भएको बताए ।

उनले माओवादी पार्टीको राम्रोसँग प्रगती भइरहेको बताउँदै विभिन्न पार्टीको परित्याग गरेर माओवादी पार्टीमा आउनेहरुको संख्या उल्लेखनीय रुपमा बढीरहेको सुनाए ।

माओवादीमा लाग्नेको संख्या ह्वातै बढ्नु सबैको लागि अवसर भएको र आफूले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा यो पटक राम्रो काम गरेर जनतालाई माओवादी पार्टी केन्द्रीय कार्यालयको तर्फबाट सन्देश प्रदान गर्ने अटोठ लिएको उनको भनाई छ ।

विगतको दिनहरुमो माओवादी पार्टीका पदाधिकारीहरुले थोरै मत अन्तरको कारणले चुनावमा जित हासल गर्न नसकेपनि अब जित सुनिश्चित भएको बताए ।

सुशासनको अभियान चलाएर समाजिक विभेदको विरुद्ध समाजिक न्यायको पक्षमा काम गरेको जीकिर गरेका थिए ।

स्थानीय पालिकालाई मूल्याङ्कन गर्दै गर्दा सुशासनको दृष्टिकोणले स्थानीय पालिकाहरुमा मूल्याङ्न गर्दा दाङ तेस्रो भएको र २५ वटा पालिका मध्ये ११ वटा माओवादीको पालिका राम्रोमा परेको जानकारी दिए। बागमती गाउँपालिकाको पनि आगामी दिनहरुमा अझै बढी प्रगति हुने विश्वास व्यक्त गरे ।