हेटौंडा । मकवानपुर अप्टिकल (चश्मा) व्यावसायीहरुले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । शनिबार अप्टिक व्यावसायी संघले विजया दशकी, दीपावली, तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष सुदीप सिंह ठकुरीले जिल्लाका व्यावसायीलै एकीकृत गरेर लान संघको स्थापना गरेको बताएका छन् ।
व्यावसायीको गुणस्तरीयतालाई सुधार गर्दै लैजाने संघको उद्देश्यले लिएको उनको भनाई छ । मकवानपुरको चश्मा व्यवसायीमा क्रियाशिल रहेका व्यवसायीहरुको सहभागितामा कार्यक्रम भएको थियो । आगामी दिनहरुमा पनि यस्ता प्रकारका कार्यक्रमहरुलाई प्राथमिकता दिँदै जाने उनको भनाई छ ।

































प्रतिक्रिया दिनुहोस्