मकवानपुर- इलाका प्रहरी कार्यालय मनहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका – १ स्थित गडुवान बस्ने ५२ वर्षीय जीत बहादुर थिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी मकवानपुरले दिएको जानकारी अनुसार बिशेष सूचनाको आधारमा मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार अप्रहान्ह ५ बजेको समयमा मनहरी –९ स्थित हरियाली सामुदायिक वनबाट थिङ्लाई पक्राउ गरेको हो ।

थिङको साथबाट अबैध रुपमा भरुवा बन्दुक र केहि खरखजना काँधमा बोकि हिँडिरेहेका अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी थिङले अबैध रुपमा भरुवा बन्दुक हतियार काँधमा बोकि हिडिरेहेका अवस्थामा भरुवा बन्दुक थान १, फलामको बिभिन्न साईजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने बिभिन्न साईजको लाम्चो आकारको वस्तु ३३ थान, बारुद जस्तो देखिने पाउडर ३०५ ग्राम, ढुंगाको जस्तो देखिने वस्तु २४ थान, खुकुरी १ थान समेत बरामद भएको हो ।

सामन सहित थिङलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको छ।