हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१०,स्थित डम्पिङ साइडमा फोहोर व्यवस्थापनको क्रममा भएको प्रदुष्ण नियन्त्रण गर्न माग राखेका छन् । सोमबार सामाजिक अभियन्ता विशालराज महत तथा सचेत नागरिक सहितको अन्य टोली हरित नगरको नामले प्रचलित हेटौंडा उपमहानगरपालिका भित्र पछिल्लो समय फोहोर व्यवस्थापना नभएको भन्दै उपमहानगरपालिका परिसरमा धर्ना दिन पुग्दा नगर प्रमुख मीनाकुमारी लामाको उपस्थित नभएको गुनासो गरेका छन्‌ ।

हेटौंडाको डम्पिङ साइटमा फोहोर व्यवस्थापनका लागि लगाइएको आगोको कारणले प्रदुष्ण उत्पन्न भएको भन्दै सचेत नागरिक सहित जेनजी मकवानपुरका संयोजक सुविन खत्रीसहित र अन्य ठाउँका व्यक्तित्वको सहभागितामा उपमहानगरपालिकाको कार्यालय परिसरमा करिब २ घण्टा भन्दा अधिक समयसम्म शान्तिपूर्ण रुपले धर्ना दिँदा समेत नगरप्रमुख लामाले उक्त विषयमा कुनै चासो नदेखाएर उपस्थित नभएको पीडित पक्षहरुले गुनासो गरेका छन् ।

२ घण्टा भन्दा बढी समयसम्म शान्तिपूर्ण तरिकाले धर्ना दिएर बस्दापनि फोहोर व्यवस्थापनको विषयमा नगर प्रमुख लामा तथा नगरपालिकाका कुनै पदाधिकारीहरु उक्त विषयको निष्कर्ष दिन नआएको उनीहरुले बताएका छन् । आफूहरुले शान्तिपूर्ण आन्दोलन गरेपनि उपमहानगरपालिकाबाट कुनै किसिमको प्रतिक्रिया नआएको जसकारण आफूहरु चरमवद्द आन्दोलनमा जान बाध्य हुने बताएका थिए ।

फोहोरको उचित व्यवस्थापनको माग राख्दै शान्तिपूर्ण धर्ना दिँदै उपमहानगरपालिको तर्फबाट सो विषयलाई सम्बोधन गर्न कोहि पनि उपस्थिति नहुँदा सहभागीहरुले भने,, मेयर जस्तो मान्छे भएर जनताको पीर मर्का नुबुझने यस्तो पनि हुन्छ ? यसरी पदीय जिम्मेवारी राम्ररी निर्वाह गर्न नसके पदबाट हटे हुन्छ । नगर प्रमुख भन्ने बित्तिकै नगरको पीता हुन् । तैपनि आज जनतालाई यस्तो पीर मर्का पर्दा पनि केही समयमा जनतालाई दिन नसकेको उनीहरुले गुनासो गरेका छन् ।

धर्ना दिएको घण्टौ बित्ति सक्दापनि नगर प्रमुख उपस्थित नभएपछि उनीहरुले नगरपालिकाको मुख्य गेटमा ताला लगाएर धर्ना दिएका थिए । पटक पटक उपमहानगरपालिकाले पीडितहरूलाई उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि आश्वासन दिँदै आएपनि त्यसको उचित व्यवस्थापन गर्न नसकेको गुनासो गरेका छन् । उपमहानगरपालिकाको परिसरमा जनताको स्वास्थ्यसँग खेलवाड बन्द गर, भो अब अति भो धुँवा होइन समाधान चहियो, मानव रक्षाको अक्सिजन विनासको अधिकार छैन् र मेयर मात्र होइन समाधान खोज्ने नेतृत्व चाहियो भन्ने पम्प्लेट मार्फत नारा लगाएका थिए ।

रातो समाचार संवाददाता
थप जानकारी