हेटौंडा । विभिन्न जिल्ला प्रशासन र अनुसन्धानको कमी कमजोरी भएको कारणले अहिले पनि जातीय हुने गरेको गुनासो गरिएको छ । दलित महिला संघ (फेडो)मकवानपुरको आयोजनामा तथा गैर सरकारी महासंघ मकवानपुर र नेपाल पत्रकार महासंघको सहकार्यमा मङ्गलबार हेटौंडामा भएको सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा फेडो मकवानपुरका प्रतिनिधिहरुले प्रशासन र अनुसन्धानमा कमजोरी भएको दलीयहरुको समस्या समाधान गर्नेतर्फ कोही नलागेको गुनासो गरेका छन् ।

दलीतहरुको विभेदलाई अन्त्य गर्न र उनीहरु प्रतिको विभेद न्यूनीकरण गर्नका लागि राजनीतिकरण र नातावादको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । २०७२ सालमा जारी भएको संविधानमा यी सबै कुरालाई समेटेको भएपनि कार्यान्यनमा आउन समस्या भएको उनीहरुले गुनासो गरेका हुन् । जिल्ला पालिका गाउँ र समुदायमा दलितहरुलाई हेर्द दृष्टीकोण कस्तो र उनीहरुलाई कति भेदभाव भइरहेको छ भन्ने कुराको तथ्याङ्क संकलन गर्न जरुरी रहेको बताइएको छ ।

मकवानपुर जिल्लाको सन्दर्भमा १० वटा स्थानीय तहहरुमा पुगेर वार्षिक कार्यक्रम अनुसार तथ्याङ्कको संकलन गर्न जरुरी रहेको बताइएको छ । बढी दलित महिलाहरु बल्तकृत भएको र यो मुद्दातालाई उठाएर सशक्तिकरण गर्न सकिने उनीहरुले बताएका छन् । दलीय वर्गका मानिसहरुलाई गरिने जातीय विभेदको विषयमा बाल बालिकालाई विद्यालयको सुरुवाती चरणदेखि नै बुझाउन जरुरी रहेको बताए । उक्त विषयलाई उठ्ठान गर्न सबै लाग्न जरुरी रहेको बताइएको छ ।

गैर सरकारी संस्था बागमती प्रदेशका अध्यक्ष कमल कुमार विश्वकर्माले जातीय विभेद र छुवाछुतको घटनामा ३ वर्ष भन्दा बढीको सजाय नहुने गरेको जीकिर गरेका छन् । अहिले विज्ञान र प्रविधिको युगको समयमा जातीय विभेद आधुनिकी करण र प्राविधिकरण भएको बताए । यो कुराको अन्त्य गर्न जरुरी रहेको उनको माग थियो । इनिसा विकको बलात्कार पछि हत्या हुँदा उनको न्यायको मागमा दलितहरु मात्र सहभागी भएको उनले धारणा राखे । बालात्कारीहरुले पनि राम्ररी अध्ययन गरेर दलीत बर्गलाई बढी तार्गेट गर्ने गरेको बताए ।

गैर सरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले गाउँ गाउँ बस्ती बस्तीमा पुगेर यसको मुद्दालाई उठाएको बताइन् । सरकार भन्दा एक कदम अघि रहेर दलितको विभिन्न मुद्दातालाई उठाएर उनीहरुको पक्षमा रहेर काम गरेको जानकरी गराइन् । परिवर्तन, विभेद अन्यको लागि गर्न सक्ने कामबाट पछि नपरेको उनले बताइन् । संघकी उपाध्यक्ष सुनिता दर्नालको सभाध्यक्षमा तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

रातो समाचार संवाददाता
थप जानकारी