सुनसरीको धरान उपमहानगरपालिका–४ जेब्रा झोलामा भेटिएका पुरुषको हत्याको आरोपमाआफ्नै कान्छी श्रीमती सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका(४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्डारी रहेका छन् ।

गएको बुधबार अपराह्न ५ बजे कोशी राजमार्ग अन्तर्गत धरान धनकुटा सडक खण्डको जेठामाने गोलाईस्थित सडकमा फागुन ४ गते टाउको र खुट्टा झाडीमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा र ५ गते शरीरको भाग फेला परेको थियो ।

शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेर इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ तथा सङ्घीय प्रहरी इकाई कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले अनुसन्धान  थालेको थियो ।

भेटिएको शवको स्केच बनाएर सबैतिर पठाएपनि मृतकको  हुलियासँग मिल्दो प्रकृतिको मानिस हराएको निवेदन नआएklg जेब्रा झोलाभित्र रहेको पाइन्टको गोजीमा  फेला परेको एसेट प्रोटेक्सन, टटवीर पेट्रोलियम, बिएच मास्क’ बहराइनको मास्कको आधारमा प्रहरीले अनुसन्धान लाई  फराकिलो बनायो।

प्रहरी प्रधान कार्यालयले श्रम कार्यालय र अध्यागमन कार्यालयलाई बहराइनबाट आएका कामदारको विवरण माग गर्दै बहराइन प्रहरीलाई समन्वयको लागि पत्राचार गरेर बहराइनको टटवीर पेट्रोलियममा सुरक्षा गार्डका रूपमा काम गर्ने सिग्देल पुस २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमार्फत नेपाल आएको पत्ता लगाउन प्रहरी सफल भएको हो ।

प्रहरीको जानकारी अनुसार मृतक दिनेश बहराइनमा हुँदा उनकी कान्छी श्रीमती अनिता र सरोज करिब ६ महिनादेखि श्रीमान श्रीमती झै बसेको र रकम मोजमस्तीमा खर्च गर्ने लगायत कारणले सम्बन्धमा अबरोध आएका कार    दिनेश नेपाल आउने जानकारी पाएपछि योजनाबद्ध हत्या भएको खुल्न आएको छ ।

विवरणका आधारमा पेट्रोलियममा सेक्युरिटी गार्ड  दिनेश विदामा नेपाल आएपछि नफर्किएको खुल्न आएको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको १ थान ग्रेण्डर मेसिन, १ थान गल्बन्दी, रगत जस्तो लागेको १ थान सर्ट लगायतका विभिन्न सामानहरु समेत बरामद गरेको छ ।

पक्राउ परेकहरुकाहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

picture-

 

https://ktmdainik.com/