। ‘लुट्नसके लुट कान्छा’ बोलको गीतले केही सरकारी निकाय र कर्मचारीका भ्रष्टाचारजन्य आ“चरण र लुट प्रवृत्ति चित्रण गरेको छ । सर्वसाधारणलाई प्रभावकारी सेवा दिन छोडेर भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुब्ने केही कर्मचारीप्रति गीतले व्यंग्य गरेको छ ।
प्रभावकारी सेवा दिनुपर्ने निकाय र क्षेत्रमै बढी लुट र भ्रष्टाचार हुने तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै औंल्याएको छ । अख्तियारका अनुसार सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, स्थानीय तह, भूमि व्यवस्था, गृह प्रशासन, वनजस्ता निकायमै सर्वाधिक लुट मच्चिने गरेको छ ।
यसैगरी, राजस्व प्रशासन, सार्वजनिक निर्माण र खरिद, सामाजिक सुरक्षा वितरणजस्ता क्षेत्रमा पनि अत्यधिक भ्रष्टाचार हुने निष्कर्ष अख्तियारको छ । आर्थिक वर्ष २०७२÷७३ देखि २०७७÷७८ सम्मको ६ वर्ष अवधिमा आयोगमा परेका विभिन्न उजुरी विश्लेषणसहित तथ्य औंल्याइएको हो ।
– राजनीति र प्रशासनको उच्चदेखि तल्लो तहसम्मकै मिलिमतो
– नीतिगत भ्रष्टाचार व्यापक
– राजस्व हिनामिना गर्ने उम्कँदै
राजस्व असुली कार्यमा ‘चरम लापारबाही’
आयोगले भ्रष्टाचार हुने क्षेत्रसहित पदीय तथा पेसागत प्रवृत्तिसमेत विश्लेषण गरेको छ । जसअनुसार भ्रष्टाचारजन्य प्रवृत्तिमा राजनीतिकदेखि प्रशासनको उच्चतहकै संलग्नता रहेको विश्लेषण अख्तियारको छ । यसअतिरिक्त तल्लो तहका कर्मचारीसमेत भ्रष्टाचारमा समान रूपमा संलग्न हुने गरेको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार पछिल्ला दिन राजस्व चुहावट भ्रष्टाचार बढेको छ । राज्यको आम्दानी परिमाणमा अधिकतम वृद्धि हुनेगरी राजस्व संकलन तथा असुली जिम्मेवारी पाएका कर्मचारी तथा पदाधिकारीबाटै राजस्व असुली कार्यमा ‘चरम लापारबही’ गरी अनुचित करछुट र राजस्वबापत उठेको रकम हिनामिना गर्ने प्रवृत्ति देखिएको छ ।
कर परीक्षणमा गडबढी
न्यून कर निर्धारण, कर परीक्षणमा गडबढीजस्ता धन्दासमेत देखिएको छ । राजस्व हिनामिनाक्रम अत्यधिक रहे पनि अख्तियारले गहन अनुसन्धान गर्न नसक्दा राजस्व छली गर्ने कैयांै कर्मचारी तथा व्यापारीले उन्मुक्ति पाइरहेका छन् ।
अख्तियारका अनुसार गत एक वर्षको अवधिमा कानुनले तोकेको निश्चित प्रक्रिया पूरा गरेपछि पनि कार्यालयबाट नियमअनुसार पाउनुपर्ने सेवामा समेत केही कर्मचारीले सेवाग्राहीसँग घुस लिएको उजुरीका आधारमा अनुसन्धान गर्दा ८५ राष्ट्रसेवक कर्मचारीले घुस खाएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
सोही अवधिमा ६ जनप्रतिनिधिले पनि घुस खाएको पाइएपछि मुद्दा दायर गरिएको थियो । ३३ बिचौलिया र अन्य १ सय २४ जनामाथि समेत अख्तियारले मुद्दा दायर गरेको थियो ।
अत्याधिक भ्रष्टाचार हुने क्षेत्र
– शिक्षा, स्वास्थ्य, स्थानीय तह, भूमि व्यवस्था (मालपोत, नापी), गृह प्रशासन, वन, अर्थ, राजस्व प्रशासन, सार्वजनिक निर्माण र खरिद, सामाजिक सुरक्षा वितरण, श्रम तथा वैदेशिक रोजगार, कृषि, ऊर्जा, समाजकल्याण, यातायात
एक वर्षमा दायर मुद्दा
सचिवस्तर : १
सहसचिव : १
उपसचिव : १०८
शाखा अधिकृत : ५६
नायव सुब्बा : ५०
खरिदार : १९
सहायक कर्मचारी : २७
कसरी गर्छन् भ्रष्टाचार ?
– घुस लिएर
– राजस्व चुहावटमा संलग्न भएर
– सार्वजनिक सम्पति हानी नोक्सानी
– गैरकानुनी लाभ
– गलत लिखत वा प्रतिवेदन
– नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग
स्थानीय तहमा यसरी हुन्छ भ्रष्टाचार
– स्थानीय पालिकाको स्वीकृत पुँजीगत खर्चबाट गरिने विकास निर्माणअन्तर्गत खरिद योजनादेखि निर्माण सम्पन्न प्रतिवेदन तयारी र भुक्तानी प्रक्रियासम्म स्वार्थको द्वन्द्व देखिनेगरी कार्य गरी भ्रष्टाचार गर्ने तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी तथा गैरकानुनी लाभहानी हुने कार्य
– स्थानीय पञ्जीकरणका कार्य, विभिन्न सिफारिस, प्रतिवेदन तथा कर निर्धारणलगायत सेवा प्रवाहमा सहयोग गरिदिएको भनी घुस (रिसवत) माग
– एउटै प्रकृतिको कामका लागि दोहोरो कार्यक्रम बनाई ‘दोहोरो भुक्तानी’ तथा एउटै काम अर्को निकायबाट समेत गरी गराई भुक्तानी लिनेदिने
– तोकिएको कामै नगरी नक्कली भरपाई र किर्ते कागज बनाई सरकारी रकम भुक्तानी लिने
– प्रचलित ऐन, नियम, निर्देशिका, कार्यविधि तथा अन्य कानुनले तोकेबमोजिमका प्रक्रिया पूरा नगरी, पालना नगरी नगराई रकम विनियोजन तथा हिनामिना
– उपभोक्ता समितिबाट गराउने कार्यमा मापदण्ड पालना नगरी व्यक्तिगत लाभसमेत लिई सरकारी हानी–नोक्सानी तथा यान्त्रिक कार्यको भुक्तानी ‘डोर हाजिरी’ गराई लिनेदिने
– शिक्षातर्फको भौतिक निर्माण कार्य सम्पन्न नगर्ने, छात्रवृत्ति रकम वितरण नगर्ने, पाठ्यपुस्तक खरिद नगर्ने, शिक्षकलाई दिनुपर्ने तलब भत्ता, सञ्चयकोष तथा नागरिक लगानी कोषबापतको रकमसमेत हिनामिना
– पालिकाको बजेट निजी तथा व्यक्तिगत खातामा स्थानान्तरण, रकम बैंकबाट निकाली व्यक्तिगत प्रयोजनका लागि खर्च गरी सरकारी कोष दुरुपयोग
– सरकारी प्रयोगका भवन आदिसमेत उपभोक्ता समितिमार्फत निर्माण गराउने
शिक्षा क्षेत्रमा यसरी गरिन्छ, भ्रष्टाचार
– विद्यालयमा हाजिर नभएको शिक्षकको समेत निजको नाममा तलब भुक्तानी लिने
– उत्तरपुस्तिका साटफेर गरी तथा मिलेमतोमा परीक्षा केन्द्र बाहिर अर्को उत्तरपुस्तिकामा लेख्न लगाई परीक्षा नतिजामा फेरबदल तथा स्थायी पदपूर्तिलगायत परीक्षामा परीक्षार्थीको प्राप्तांक अनुचित ढंगले थपी परिणाम फेरबदल गर्ने
– अनधिकृत रूपमा परीक्षाअगावै प्रश्नपत्र निकाली विभिन्न विद्युतीय र सञ्चार माध्यमबाट पठाउने र सार्वजनिक गर्ने
– नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र र झूठा अध्यापन अनुमतिपत्र पेस गर्ने
– शिक्षातर्फका भौतिक निर्माणकार्यमा हुँदै नभएको कार्य भएको देखाई अनियमित भुक्तानी लिनेदिने
– छात्रवृत्ति वितरणरपुस्तक खरिदमा वास्तविक विद्यार्थीभन्दा बढी संख्या देखाई बढी रकम भुक्तानी लिई हिनामिना गर्ने
– विद्यालयको कागजी रेकर्ड मात्र खडा गरी अनियमितता तथा किर्ते दस्तखत वा कागजात तयार गरी रकम हिनामिना गर्ने
– लिनुपर्ने पूर्वस्वीकृति नलिई अन्य शैक्षिक संस्थामा कामकाज गर्ने÷गराउने तथा मापदण्डै पूरा नगरेका शिक्षण संस्थालाई सम्बन्धन वा स्वीकृति दिने
भूमि व्यवस्थामा अनियमितता
– सरकारी, पर्ती जंगल, बुट्यान, गुठी, आदिका जग्गा व्यक्ति वा निजी कम्पनीको नाममा दर्ता गरी गराई बेचबिखन
– मुआब्जा दिई अधिग्रहण गरी लिएको सरकारी, सार्वजनिक र गुठीका जग्गा गैरकानुनी रूपमा व्यक्ति विशेषको नाममा दर्ता गर्ने
– फिल्डबुक र कैफियत महलको विवरणविपरीत छुट जग्गा दर्ताका नाममा व्यक्ति विशेषलाई दर्ता गरिदिने
– जग्गाको कित्ता हाल साबिक गर्दा साँधमा रहेको सरकारी जग्गा व्यक्तिको जग्गामा घुसाउने तथा सरकारी जग्गा आफन्तका नाममा बाँडफाँड गरी बिक्री वितरणसमेत गर्ने
– सरकारी र सार्वजनिक जग्गाको नक्कली जग्गाधनी प्रमाणपुर्जा बनाई मुद्दा हाली मिलापत्रका नाममा सरकारी जग्गा हडप्ने र अनधिकृत भोगचलन गर्ने
– दर्ता स्रेस्ता कागजात हेरफेर गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने
– वास्तविक जग्गाधनीको विवरण सच्याई नक्कली जग्गाधनी कायम गरी एक व्यक्तिको अर्कोको नाममा दर्ता गर्ने
– नापी गर्दा, ब्लुप्रिन्ट लिन जाँदा तथा जग्गा नक्सा ट्रेस उपलब्ध गराउँदा घुस र रिसवत माग गर्ने
– परीक्षण गर्नुपर्ने कागजात नहेरी, स्थानीय निकायको घर र बाटो चार किल्ला प्रमाणितको सिफारिसलगायत आवश्यक प्रमाण कागजात संकलन नगरी राजस्व चुहावट गर्ने
– जग्गा मूल्यांकन गर्दा हुनुपर्ने वास्तविकभन्दा कम थैली कायम गरी पुँजीगत लाभकर र रजिष्ट्रेसन शुल्क निर्धारण गर्ने
– राजस्व रकम नक्कली रसिदबाट उठाई प्रचलित कानुनबमोजिम दाखिला नगरी हिनामिना गर्ने
– मोठ भिडान नगरी अदालतबाट रोक्का रहेको जग्गा पास तथा रोक्का जग्गा ‘रोक्का छैन’ भनी प्रमाणित गर्ने
– सरकारी कागजात अनधिकृतका रूपमा नियतबस लुकाउने, नष्ट गर्ने र अभिलेखांकन नगर्ने
– कार्यविधि पालना नगरी अंशियारको हकमा असर पर्नेगरी नामसारी गरिदिने
– जग्गा प्लटिङको नाममा सार्वजनिक पर्ति जग्गासमेत दुरुपयोग गर्ने
–
गृह प्रशासनमा अनियमितता
– व्यापार–व्यवसायमा, प्राकृतिक स्रोत उत्खनन र ओसारपसारलगायत विषयमा सहजीकरण गर्ने नाममा प्रहरी प्रशासनबाट घुस–रिसवत लिने
– सवारी चालक अनुमतिपत्रको ‘प्रयोगात्मक परीक्षा पास गराइदिने’ भनी घुस रिसवत लिने, सडक दुर्घटनामा घुस रिसवत लिई नक्कली चालक खडा गरी गलत अनुसन्धान प्रतिवेदन तयार पार्ने तथा प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्पमा अनियमितता गर्ने
– सार्वजनिक खरिद कानुन पालना नगरी सुरक्षा निकायबाट खरिद कार्यमा अनियमितता गर्ने, सोझै खरिद तथा दैवीप्रकोप उद्धारका राहत सामग्री खरिदमा अनियमितता गर्ने
– नक्कली कागजात तयार पारी रकम हिनामिना तथा सुरक्षाका नाममा प्रक्रिया पूर्ण पालना नगर्ने
– अध्यागमन कार्यालयबाट यात्रा अनुमति दिन नहुनेलाई समेत घुस–रिसवत लिई यात्रा अनुमति प्रदान गर्ने
– नागरिकता प्रदान गर्न नहुने व्यक्तिलाई समेत जिल्ला प्रशासन कार्यालयले अनियमितता गरी नागरिकता प्रदान गर्ने
स्वास्थ्यमा हुने भ्रष्टाचार
– तीनवटै सरकारले औषधि खरिद गर्दा वार्षिक आवश्यकताका आधारमा टेन्डर गर्नुपर्नेमा नगर्ने
– गर्नुपर्ने पूर्वतयारी समयमै नगरी आपतकालीन अवस्था ल्याइ खरिद
– ठूलो परिमाणमा खरिद गरेको देखाई स्टोर दाखिला कागजी रूपमा मात्र गर्ने
– यथार्थभन्दा बढी संख्या देखाई सुत्केरी भत्ता हिनामिना
– कागजी रूपमा एउटै कार्यक्रम पटकपटक सञ्चालन गरेको देखाई रकम निकासा
– नक्कली बिलका आधारमा सञ्चालन नै नभएको प्रवद्र्धनात्मक कार्यक्रमको भुक्तानी दिने र लिने
– स्वास्थ्य संस्थामा विनियोजित रकम नक्कली सेवाग्राहीको अभिलेख खडा गरी हिनामिना
– नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको मापदण्ड पूरा नगरेका मेडिकल र नर्सिङ कलेजलाई सञ्चालन अनुमति दिने
– मेडिकल कलेजले ‘मेरिट लिस्ट’मा नपरेका विद्यार्थीलाई भर्ना गर्ने र चर्को शुल्क लिने
– सरकारी संस्थामा दिनुपर्ने समय नदिएर निजी स्वास्थ्य संस्थामा कार्य गर्ने
– राज्यले निःशुल्क वितरण गर्ने भनेका औषधिसमेत निजी क्लिनिकबाट बिक्री गराउने
– स्वास्थ्य संस्थाले उपलब्ध गराउने सेवा अनुगमन गर्ने निकायले नियमित र प्रभावकारी अनुगमन नगर्ने
– अपराध घटनाको स्वास्थ्य परीक्षण गर्दा गलत प्रतिवेदन दिने
– सार्वजनिक खरिद ऐन व्यवस्थाविपरीत तथा आवश्यकता नै नभएका औषधि र स्वास्थ्य उपकरण खरिद
– आमनागरिकको स्वास्थ्य परीक्षणमा आवश्यक बहुमूल्य यन्त्र उपकरणसमेत खरिदपश्चात् लामो समयसम्म जडान र प्रयोग नगर्ने
वनमा यसरी हुन्छ भ्रष्टाचार
– विभिन्न किसिमका नियमित कार्य काठको लगत जाँच, कटान आदेश, छुटपुर्जी, वन उपभोक्ता समूहको विधान र कार्ययोजना दर्ता सिफारिस गर्नसमेत रिसवत लिने
– बदनियतापूर्वक वनका काठ कटान गरी ओसारपसार, वन सम्पदा विनाश र चोरी निकासीमा संलग्नलाई सहयोग पु¥याई अनुचित लाभ लिने तथा अनियमित रूपमा कटान गरेका काठको झूठा लगत तयार गरी स्वीकृत गर्ने गराउने
– त्रृटिपूर्ण कार्ययोजना तयार गरी अत्यधिक परिमाणमा कटान आदेश दिने तथा सामुदायिक वन समूहको रकम हिनामिना गर्ने
– बिरुवा उत्पादन, वितरण, वृक्षारोपण, तालिम, गोष्ठीलगायत कार्यक्रमको झूठा बिल र भरपाई बनाई सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गर्ने
अर्थ, राजस्वमा भ्रष्टाचार प्रकृति
– कर्मचारी, एजेन्ट तथा मालसामान धनीको मिलेमत्तोमा आयातित सामानको नक्कली प्रज्ञापनपत्र प्रयोग, गुणस्तर, परिमाण र मूल्य फरक पारी भन्सार जाँचपास, न्यून बिजकीकरणजस्ता कार्य गरी राजस्व छली
– कर्जा प्रवाहसम्बन्धी तोकिएका मापदण्ड नअपनाई, धितोको गलत मूल्यांकन गरी बदनियतपूर्वक प्रतिवेदन तयार गरी अनियमित तवरले कर्जा प्रवाह
– मूल्य अभिवृद्धि करको नक्कली बिल बनाई भ्रष्टाचार
– किर्ते र गलत बैंक भौचर, बैंक विवरण, मौज्दातजस्ता कागजात तयार पारी वा किर्ते सहीछाप गरी रकम हिनामिना
– संकलन भएको राजस्वसमेत समयभित्र बैंकमा दाखिला नगर्ने
– सीमित वर्ग वा समूहलाई फाइदा पुग्नेगरी कर सहुलियत र छुट दिने तथा करयोग्य कारोबार दायरामा समावेश नगरी राजस्व चुहावट
– सरकारलाई तिर्नुपर्ने कर छल्ने नियतले उद्यमीले व्यावसायिक कारोबारको दुई किसिमको लेखा राखी तिर्नु र बुझाउनुपर्ने राजस्व छली गर्ने–गराउने
– दर्ता नै नगरी व्यवसाय सञ्चालन गरी/गराई कर नतिर्ने
यो समाचार राजधानिबाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्