हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१,स्थित कालिका आधारभूत विद्यालका विद्यार्थीलाई न्यानो कपडा तथा स्वीटर प्रदान गरिएको छ । शुक्रबार कपडा तथा पोशाक व्यवसायी संघ मकवानपुर विद्यालयमा अध्यनरत २ सय २५ जना बालबालिकालाई जाडो मौसममा आवश्यक न्यानो कपडा तथा स्वीटर प्रदान गरिएको हो । पोशाक व्यवसायी संघका अध्यक्ष दीपेन्द्र बानियाँको सभाध्यक्षमा तथा संघका पूर्वध्यक्ष समिरलाल डंगोलको प्रमुख आतिथ्यमा सामाग्री हस्तान्तरण कार्यक्रम भएको हो ।
न्यानो कपडा उपल्बध गराएको संघलाई विद्यालयले धन्यवाद व्यक्त गरेको थियो । विद्यालयकी शिक्षिका माया पाठकले विद्यार्थीका लागि न्यानो कपडाको माग गरेपछि कालिका होजियारिका सञ्चालक धिरेन श्रेष्ठले कपडा उपल्बध गराएको बताइएको छ । कपडा वितरण कार्यक्रममा उपाध्यक्ष मधुसुदन अर्याल र व्यवसायी गोपाल भट्टको उपस्थिति रहेको थियो।















प्रतिक्रिया दिनुहोस्