नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनको माहोल निकै तात्तिएको छ । सभापतिको उम्मेदवारहरु बाजी मार्ने दौडमा छन् ।

यसैक्रममा सभापतिका उम्मेदवार जयराम लामिछानेले आफुले गुटको नभइ सधै विचारको राजनीति गर्दै आएको गरिरहेको र आगाी दिनमा पनि गर्ने बताएका छन् ।

उनलेसमृद्ध कांग्रेस सुखी नेपाली बनाउन तर्फ कसरी सकिन्छ भनेर सल्लाहा सुझाव लिई विपिको बिचार र सिद्धान्तहरु अनुसर नै काम गरेको बताए।

सभापतिका उम्मेदवार जयराम लामिछाने ने किन ? भनि गरिएको  प्रश्नमा  काँग्रेस प्रति जनतालाई आकर्षित गर्न, जनताको सुख दुःखमा साथ दिन नागरिकसँग नियमित संवाद गर्दै जनमैत्री पार्टी निर्माणमा जुट्न आफु नचुक्ने र यसकालागि पनि जयराम लामिछाने आवाश्यक रहेको बताए  ।

शिक्षाका लागि विदलय, यातायात सुबिधाकालागि,सडक निमार्णमा पहल लगायत बिभिन्न विकाश निमार्णका कामगरि व्यक्तगित स्वार्थ भन्दापनि पर रहेर सधै जनताको पक्षमा रहेर काम गरेको र कांग्रेसको हितमा काम गरेको लामिछानेले दावी गरे ।

यसपटक अधिकार सहित सेवा गर्ने मौका दिनकालागि पनि जिताउन आग्रह गर्दै कांग्रेसको सिद्धान्तमा रहेर काम गर्ने कांग्रेसको सिद्धान्तको पालना गर्दै जनमैत्री पार्टी निर्माणमा नचुक्ने प्रतिवद्धता जनाए ।

सभापतिका उम्मेदवार लामिछानेको प्यानलमा हालसम्म उप सभापतिको लागि आनन्द कठायत, धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक र सहसचिवमा इन्दिरा न्यौपाने उम्मेदवार रहेका छन् ।

 

 

कांग्रेस जिल्ला अधिवेशन : सुझाव बटुल्दै उम्मेदवार जयराम लामिछाने