रोशन दिप – नेटवर्किङ व्यवसाय, नेटवर्क मार्केटिङ र पिरामिड स्किमबीच फरक हुदा पनी अधिकांश मानिषहरुले अन्जान बस झुक्किएर मल्टी लेभल मार्केटिङ अर्थात एम एल एमको जालमा फसेर आफ्नो जिवन बर्बाद गरिरहेका हुन्छन् ।

नेटवर्क मार्केटिङ, एम एल एम अर्थात मल्टी लेभल मार्केटिङ, डाइरेक्ट सेलिङ, पिरामिड स्किम, रेफ्रल मार्केटिङ, चेन मार्केटिङ लगाएत अनेकौ नामले चिनिने भएता पनी काम भनेको सबैको एकै हुन्छ । नेपाल लगायत विभिन्न मुलुकहरुमा नेटवर्क मार्केटिङलाई गैरकानुनी मानिन्छ ।

प्रतिबन्धित अवस्थामै रहेता पनि नेटवर्किङ मार्केटिङले वैधानिक रहेको मल्टी लेभल मार्केटिङ अर्थात् एमएलएमको माध्यमबाट विभिन्न व्यक्ति तथा संस्थाहरुले अझै पनि पिरामिड शैलीको नेटवर्किङ अगाडि बढाइरहेका छन् ।

एमएलएम स्किमको चक्करमा ठगिने मानिसहरु विश्वभर हेर्ने हो भने असङ्ख्य छन् । त्यसैले तपाईंहरुलाई ठगिनबाट बचाउन हामी यस स्किमले कसरी काम गर्छ भन्ने बारेमा बताउने सक्दो प्रयास गर्नेछौँ। एमएलएमको स्वरुपमा पिरामिड शैलीको नेटवर्क मार्केटिङ कसरी हुन्छ भन्ने विषयमा सामान्य रुपमा बुझ्ने तरिकाले बताउने प्रयास गर्नेछौँ ।

पिरामिड स्किम पनि एक किसिमको नेटवर्क मार्केटिङ स्किम नै हो । तर यी दुईबीच थोरै फरक छ ।

एमएलएमलाई बुझ्न तपाईंले पहिले एउटा सामान्य कम्पनीको फ्लो चार्टलाई बुझ्नुपर्ने हुन्छ किनभने एमएलएम एउटा मार्केटिङ विधि हो, जसलाई कुनै कुनै कम्पनीहरुले प्रयोग गर्दछन् ।सामान्य कम्पनीमा वस्तु निर्माणकर्ता कम्पनीै हुन्छ, उसको मातहतमा खुद्रा तथा होलसेल वितरक अनि अन्त्यमा वस्तु तथा सेवा खरिद गर्ने सेवाग्राही हुन्छन् ।

तर फ्रड एमएलएम कम्पनीहरुमा तपाइहरु आफै अन्दोलमा पर्नुहुन्छ म वितरक होकी सेवा खरिद गर्ने सेवाग्राही हो भनेर । एसमा बिक्रेता माथि, त्यसपछि वितरक नै उपभोक्ता र उभोक्ता नै वितरक हुन्छन् । यस्ता फ्रड एमएलएम कम्पनीहरुले सेवाग्राहीलाई तिमी सेवाग्राही होइन, वितरक हो भनेर झुक्याउँछ । तर अन्त्यमा वास्तविकता भनेको त्यही वितरक नै सेवाग्राही हुन्छन् ।

सामान्य कम्पनीको ध्यान सधैं आफ्नो वस्तु तथा सेवालाई उत्कृष्ट बनाउनमा केन्द्रित हुन्छ। ताकि सेवाको उपभोगिता बढ्न सकोस् । तर एउटा एमएलएम कम्पनी सधै मान्छेलाई जोडेर सञ्जाल वृद्धि गर्नेमा ध्यान केन्द्रित रहन्छ । हरेक व्यक्तिलाई आफ्नो नेटवर्कमा आएर जोडिन आह्वान गरेर सट्टामा कमिसन पाउने अभिलासा दिन्छ ।

आफ्ना डिस्ट्रीब्यूटरलाई एमएलएममा कम्पनीले थप अरु मान्छेहरु जोड्दै जान आह्वान गर्छ र उनीहरुलाई कमिसन दिने आश्वासन दिन्छ ।

एमएलएम अन्तर्गत कम्पनीहरुले जति मान्छे जोड्दै जान्छ त्यति नै उनीहरुको सञ्जाल बढ्दै जान्छ । यसरी एकजनाबाट सुरु भएर पछि धेरैजनामा यो फैलिने हुँदा यसको आकार एउटा पिरामिडको जस्तो देखिन्छ ।

कम्पनीको बोस अन्तर्गत केही डिस्ट्रीब्यूटर हुन्छन्, उनीहरुअन्तर्गत अझ धेरै नेटवर्किङ व्यवसायी जोडिएका हुन्छन् । यसरी यो सञ्जाल बढेर जान्छ ।

यस्तो बेला तपाईंलाई लाग्न सक्छ, को हुन् त उनीहरुको वस्तुको अन्तिम उपभोक्ता ? के उनीहरुले वस्तु तथा सेवा बेचिरहेका छन् ? साथै के फाइदा कमाउँछ एमएलएम कम्पनीले यति धेरै वितरक संकलन गरेर भन्ने प्रश्न पनि तपाईंको मनमा स्वभाविक उठ्न सक्छ ।

एमएलएम कम्पनीको पैसा कमाउने रणनीति
तपाईंलाई वितरक बनाउनुअघि एमएलएम कम्पनीहरुले केही पैसा लगानी गर्नुपर्न शर्त राख्छ । त्यसो त सबै एमएलएम कम्पनीहरुले आफ्ना सेवाग्राहीलाई पहिले नै पैसा लगानी गर्न भन्दैन । कतिले आफ्नो स्टार्टर प्याक वा कुनै प्रोडक्ट खरिद गर्न भन्छ ।

यति गरिसकेपछि तपाईं वितरक बनेर कमिसन कमाउन सक्नुहुन्छ भन्दछ । यसरी एमएलएमले आफ्ना वितरकलाई नै सेवाग्राही बनाउँछ ।

यस्ता एमएलएम कम्पनीहरुले न आफ्नो कम्पनीको मार्केटिङ तथा एडको लागि खर्च गर्नुपर्छ, न त प्रडक्टलाई राम्रो बनाउनु नै पर्छ । उनीहरुले धेरैभन्दा धेरै व्यक्तिहरुलाई आफ्नो कम्पनीमा जोड्नुपर्ने हुन्छ ।

पिरामिड स्किम र एमएलएमबीच पनी खासै फरक हुँदैन । यी दुवैले उस्तै गरी काम गर्ने हो । तर पिरामिडमा कुनै प्रोडक्ट हुँदैन ।

यसमा सिधै सेवाग्राहीलाई लगानी गर्न र थप अन्य व्यक्तिहरुलाई पनि स्किममा जोड्दै उनीहरुबाट आउने लगानीको निश्चित कमिसन दिने बताइन्छ । तर लगानीको अधिकांश पैसा भने कम्पनीको माथिल्लो तहमा बसेको व्यक्तिले प्राप्त गर्दछ ।

उदाहरणका लागि
पिरामिड स्किममा एकजना व्यक्तिलाई कम्पनीले दश हजार लगानी गर्न भन्दछ । त्यसपछि त्यस व्यक्तिले अरु तीनजना खोज्नुपर्ने हुन्छ र उनीहरुबाट आउने लगानीको दश दश प्रतिशत कमिसन दिने कम्पनीले बाचा गर्दछ ।

यसरी ती तीन जनाले बनाएको नेटवर्कबाट दुई दुई प्रतिशत दिने पनि बाचा गर्दछ । यसरी हेर्दा स्किम बिना कुनै मेहेनत पैसा कमाउनलाई निकै आकर्षक र सजिलो लाग्छ । यसरी व्यक्ति रातारात धनी हुन्छ ।

जब तपाई यो पिरामिडमा जोडिनुहुन्छ, तपाईंलाई लाग्छ तपाईं पिरामिडको अग्रस्थानमा हुनुहुन्छ । तर वास्तवमा तपाईं सधै तल हुनुहुनेछ ।

पिरामिडको अग्रभागमा बसेका ०.१ प्रतिशत व्यक्तिले सम्पत्ति कमाउँछ, तर अन्य ९५ देखि ९९ प्रतिशत सबै यो पिरामिड भित्रको जालोमा फँसेर शिकार हुन्छन् ।

किनभने उनीहरु अन्य व्यक्तिलाई खोजेर यो सञ्जालमा जोड्न सक्दैनन्, जसले पैसा लगानी गरेर उनीहरुलाई कमिसन दिन सकुन् ।

नेपाल भारत लगायत अधिकांश मुलुकमा पिरामिड स्किम गैरकानूनी र प्रतिबन्धित छ तर एमएलएम भने वैधानिक छ । किनभने एमएलएम स्किममा तपाईंले एउटा वस्तु वा सेवालाई पनि सँगै बेचेर लगिरहनु भएको हुन्छ । तर पिरामिडमा यस्तो हुँदैन ।

बाहिरबाट एमएलएम कम्पनीले कुनै वस्तु बेचेको जस्तो देखाए पनि, भित्रभित्रै पिरामिड स्किम नै चलाइरहेको हुन्छ ।

कुनै पनि कुरामा तपाईं तब मात्र पैसा खर्चनु हुन्छ जब त्यसमा तपाईंले कुनै भ्याल्यू देख्नुहोस् । त्यसैगरी एउटा कम्पनीले पनि कुनै कर्मचारीलाई भर्ती गर्नुअघि त्यस व्यक्तिले कम्पनीलाई दिन सक्ने भ्याल्यूको मूल्याङ्कन गर्दछ ।

तर एमएलएम कम्पनीलाई हेर्ने हो भने कम्पनीले विशेषगरी बेरोजगार, सिधा साधा सोजा तथा घरगृहस्थी सम्हालेर बस्ने व्यक्तिहरुलाई आफ्नो शिकार बनाइरहेको हुन्छ।

किनभने त्यस्ता व्यक्तिहरुले कम्पनीलाई आवश्यक थोरै लगानी त जुटाउन सक्छन् नै त्यसबाहेक आफू मुर्ख भए जसरी अरुलाई पनि मुर्ख बनाउन सक्छन् ।

एमएलएम कम्पनीहरुले आफ्नो काम र कम्पनीको छाप व्यक्तिहरुको मस्तिष्कमा पार्ने काम गर्न विभिन्न मोटिभेसनल इभेन्ट नै आयोजना गरेर बडो चतुर शैलीमा हाम्रो ब्रेनवासको खेल पनि खेलिरहेको हुन्छ ।

यसरी कम्पनीले अपनाएको पेटु प्लेको रणनीति अनुसार कम्पनीमा कमिसन तब मात्र पाइन्छ जब तपाईं निश्चित रकम कम्पनीलाई तिर्नुहुन्छ ।