नेपाल पत्रकार महासंघ केन्द्रीय समिति ।

हेटौंडा । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्ने भएका छ । करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प भएकोमा अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल सुचारु गर्न माग गर्ने भएको हो ।

भोलि बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने लगायतका प्रेस स्वतन्त्रता बिरोधी कानुन बनाउन नदिन दवाव दिँदै महासंघले बिरोधका कार्यक्रम तय गरेको छ । दर्ताको बैकल्पिक व्यवस्था नभएसम्म भने कालो व्यानर राखेर सूचना तथा प्रशारण विभागमा धर्ना गर्ने कार्यक्रम तय गरेको छ ।

सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधनपछि गएको साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम रोकिएको छ । सरकारले सञ्चार माध्यम दर्ता ठप्प पारेर नागरिकको संवैधानिक हक हनन् गरेको महासंघको भनाइ छ ।
अनलाइन सञ्चारमाध्यम नवीकरण नहुँदा पत्रकारहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र समेत नवीकरण गर्न पाएका छैनन् ।

नवीकरण नभएकै कारण चाडपर्वको मुखमा विज्ञापनसम्बन्धी कारोबारमा समेत असहजता सिर्जना भएको छ । महासचिव रामप्रसाद दहालले सरकारको यस्तो हर्कतले नागरिकको संवैधानिक हक अवरुद्ध भएको बताए । सरकारले तत्काल दर्ता र नवीकरणको काम सुचारु नगरे महासंघले आन्दोलन चर्काउने छ ।