हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का उम्मेद्वार बनेका सन्तोष न्यौपानेले अब कुनै दल र पार्टीमा आवद्ध नरहने अभिव्यक्ती दिएका छन्।
नेकपामाओवादी केन्द्रका हेटौँडाका १० का न्यौपानेले सामाजिक सञ्जालमा पार्टी परित्यागको अभिव्यक्ती दिएका हुन् ।
’ न्यौपानेले उम्मेदवार बनेर मतगणनाको समयमा कांग्रेसको भन्दा आफ्नो पक्षको १ मत कम आएमा पनि राजनीतिबाट सन्यास लिने घोषणा गर्ने अभिव्यक्ती दिएका थिए ।
न्यौपानले हेटौँडा – १० बाट ३०८ मत प्राप्त गरे भने कांग्रेस तर्फका उम्मेद्वारले ६८४ मत प्राप्त गरे ।
वडा नंबर १० मा नेकपा एमालेबाट फुर्वा दोर्जे लामा ९ सय ७२ मत सहित वडाध्यक्षमा विजयी भए ।
वडाध्यक्षमा हार भएपछि भने अनुसारको वचन पुरा गर्ने भन्दै सामजिक सञ्जाल फेसबुकमाफृतै आफ्ना भनाईलाई लेखेका छन्
बेला बेलाका बिभिन्न टिक्का टिप्पण्ी गर्दै सञ्जालमा बिभिन्न अभिव्यक्ती लेखेर बिवादमा पर्ने गरेका न्यौपानेले लेखेका छन्
………………..
म जे बोल्छु त्यहि गर्छु । म आजदेखि कुनै पनि राजनैतिक दलमा आबद्द छैन । समाजसेवामा अनबरत लाग्ने छु । फटाहा बदमास अन्डर बिलिङ गरेर पैसा थुपारेर श्रम सोसण गर्ने १० नम्बर को हर कोहि को पर्दाफास गर्ने छु । छाड्नेवाला छैन ।
………………………
आजकै मितिवाट म कुनैपनि दलको सदस्य नरहेको घोसना गर्दछु । समाजसेवामा मात्रै लाग्नेछु ।
……………………………………….















प्रतिक्रिया दिनुहोस्