रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा मंसिर २९ गते शुक्रबार देखि दुई हिन्दी तथा एक नेपाली मुवी रिलिज हुदैछ ।
हाई पापा एउटा तेलुगु इमोस्नल ड्रामा मुवी हो जसमा बुबा छोरीको बन्धन र एउटी महिलाको उनीहरुको जीवनमा प्रवेश गरेपछि आउने जादुई मोड देखाइएको छ । शौर्युभले निर्देशन गरेको चलचित्रमा नेचरल स्टार नानी, मृणाल ठाकुर, जयराम र श्रुति हासनको मुख्य भूमिका रहेको छ।
एडल्ट सर्टिफिकेट पाएको भएतापनि रणवीर कपुर अभिनित एनिमलले आक्रामक व्यापार गरिरहेको छ। ।‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर मुवी बनेको छ। १८ं मुवीले एस्तो आक्रामक व्यापार गरेको यो हिन्दी फिल्म इंडस्ट्रीका लागी इतिहासमै पहिलो रेकर्ड हो ।
‘एनिमल’को माग यति धेरै छ कि भारतमा केही थिएटरले त बिहान साढे ७ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन्।
भारतसँगै नेपालमा पनि एडल्ट सर्फिफिकेट पाएको बलिउड मुवी ‘एनिमल १६ वर्षमुनिका बालबालिकालाई हेर्ने प्रतिबन्ध लगाइएको छ । १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैले बालबालिकाहरुलाई ‘एडल्ट’ फिल्मको टिकट बिक्री नगर्न चलचित्र विकाश बोर्डले हल सञ्चालकहरुलाई अनुरोध समेत गरेको छ ।
केन्ड कलेक्शनमा दोस्रो ठूलो फिल्म पठानको रेकर्ड तोड्यो । तर फिल्मले जवानको वल्डवाइड रेकर्ड तोड्नेमा केहीले भने आशंका गरेका छन् ।
एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो। कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
चलचित्रको संगीत पनि निकै रुचाइएको छ। हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज भइरहेको छ ।
उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को कथा तथा पटकथा लेखन दयाराम घिमिरेले गरेका छन्।
सार्वजनिक ट्रेलरमा अभिनेता इओन लिम्बु र सिमोन गिरीबीचको प्रेम, रोमान्स र नोकझोक देखाइएको छ।
फिल्ममा वर्षा र इओनसहित सुनिल थापा, कविता आले, सुरवीर पण्डित, बुद्धि तामाङ, प्रेम सुब्बा, विल्सन विक्रम राई, गौरव पहारी, सिमोन गिरी, विमला लिम्बू, गीता ढुंगाना अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्मालगायतको अभिनय छ।
विक्रम डिसीले छायांकन गरेको फिल्म प्रविन ढकालको सम्पादन, डिपी खनालको शब्द, तारा प्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन र रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ।
अजम्बरी फिल्मस्को ब्यानरमा बनेको फिल्म तारा देवी लिम्बूले लगानी गरेकी छन्।
तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्