नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा मकवानपुर क्षेत्र नं. १ सांसद कृष्णप्रसाद दाहालले गठबन्धनको सरकारका कारण मुलुकमा अनिष्ट हुने अवस्था रहेको बताएका छन् ।
नेकपा एमाले बकैया गाउँपालिका कमिटीद्वारा आयोजित पार्टी सुदृढीकरण र शुद्विकरण अभियानको क्रममा पालिका स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारण व्यक्त गरेका हुन् ।
अर्थ समितिको सभापती समेत रहेका दाहालले मुलुकमा आर्थिक मन्दी तिब्र रूपमा बढिरहेको उल्लेख गर्दै अनुकुल करको दर समेत गठबन्धन सरकारले हेरफेर गर्नु पनि मुलुक दुर्भाग्य रहेको दावि गरे ।
राजनीतिक अस्थिरताको मूलकारण र राजनीति स्थिरताको लागि एउटा पार्टीको बहुमत हुनुपर्ने भन्दै गठबन्धनमा स्थिरता नहुने बताउदै निर्वाचनमा एमालेको बहुमत नहुनुको विकल्प नभएको दाहालको भनाई छ ।
दाहाल भने,देशमा विकास र समृद्विको बाटो बनाउने दल एमाले नै भएको जिकिर गरे ।
……………….
प्रदेश कमिटीका सदस्य पद्मा पौडेलले पार्टी र जनसंगठनबीच अन्तरसम्बन्ध
त्यस्तैगरि प्रदेश कमिटी सदस्य नारायण सापकोटाले स्थानीय निर्वाचनको परिणाम, सन्देश र आगामी निर्वाचनको तयारीमा
जिल्ला सचिव नवीन सिग्देलले बहुदलीय जनवादको मान्यता अनुरूप पार्टी संगठन निर्माण र परिचालनबारे प्रशिक्षण दिएका छन् ।
प्रदेश कमिटी सदस्य डिल्लि प्रसाद दाहाल, जिल्ला सचिवालय सदस्यहरू कृष्णप्रसाद चौलागाई, दलबहादुर वाईवा,जिल्ला सदस्यहरू बेलप्रसाद दाहाल, सरला बोलखे, निरमाया भोम्जन, जिल्ला कमिटी सदस्य तथा ४ नं. वडा निर्वाचित अध्यक्ष राजन दंगाल पालिका उपाध्यक्ष सुस्मिता घोरसाईनीको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो ।
पालिका कमिटीका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षतामा भएको प्रशिक्षणमा पालिका कमिटी सदस्यहरू वडा कमिटीका पदाधिकारीहरू, जनसंगठन पालिका कमिटीका पदाधिकारीहरू लगायतको , सहभागिता रहेको पालिका सचिव फुलबहादुर भम्जनले बताए ।















प्रतिक्रिया दिनुहोस्