रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा असोज २६ गते शुक्रबार देखी तिन नेपाली चलचित्र परदेशी २, कौसिद र नांगो गाउँ एक साथ प्रदर्शन हुँदै छन् ।
‘लोकगायक प्रकाश सपूतको डेब्यू फिल्म परदेशी २’ हिट फिल्म ‘परदेशी’को सिक्वेल हो । आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत ‘परदेशी’ले गरेको थियो, भने सिक्वेलले अध्यायनका लागि विदेशिने युवा पुस्ताको मोहलाई कथा बनाएको हो ।
निर्माण समय देखिनै चर्चामा रहेको ‘परदेशी २’ हल व्यवसायीले पनि आस गरेको फिल्म हो । राजेश वंशल र निर्देशक रायमाझीको लगानी रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ।
फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले तयार पारेका हुन्।
मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।
…………………………………………………………………………………………………………………………………………………..
कौसिद फिल्मलाई कुमार भास्करले निर्देशन गरेका हुन्। केदार भुषालको लगानी रहेको फिल्ममा ऋचा र भोलाराजसँगै रूपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारको अभिनय छ। फिल्मका कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह निर्मातामा लक्ष्मण बानियाँ छन्।
निसाल पौडेलले छायांकन गरेको फिल्मलाई भीम विश्वकर्माले सम्पादन गरेका हुन्। फिल्ममा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ।
…………………………………………………………………………………………………………………………………………………..
भदौ २९ गते शुक्रबार देखी प्रदर्शनमा आएको नेपाली चलचित्र नांगो गाउँले चुनावमा हाम्रो गलत मतदानको परिणामले कस्तो खाल्को खराब असर पर्न सक्छ भन्ने विषयमा गहिरीएर सोच्न बाध्य बनाउने तथा सचेत गराउने खालको कथावस्तु समेटेको कारण एनएस सिनेमा हलले जनप्रतिनिधिलाई निशुल्क चलचित्र देखाइ रहेको हल संचालक नवराज आचार्यले बताए ।
दीपेन्द्र लामाद्वारा निर्देशित यो चलचित्र दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।
जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।
दशैंको अवसर पारेर प्रदर्शन पारेका यी ३ चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्