नेपालमा आजबाट एसीसी प्रिमियर कप शुरु भएको छ। एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियाको सामाना गरिरहेको छ। नेपालले टस हारेर बलिङ गरिरहेको छ। यसैबीच नेपाललाई पहिलो सफलता हात परेको छ।

नेपालका गुल्सन झाले मलेसिया महोम्मद अमिरलाई पवेलियन फर्काएका छन्। पछिल्लो ताजा अपडेटमा मलेसिया आठौ ओभरमा ३३ रन बनाएर खेलिरहेको छ।

रोहित पौडेलको कप्तानी रहेको नेपाली टोलीमा आज आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, सन्दीप लामिछाने, आरिफ शेख, भीम सार्की, ललित राजवंशी छन्। ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जिसी प्लेइङ ११ मा छैनन्।

नागरिक न्युजबाट साभार गरिएको हो ।