नेपाली चलचित्र ‘प्रेम गीत ३’ को भारतमा निकै चर्चा भएको छ ।
आगामी असोज ७ दशैं अर्थात २३ सेप्टेम्बर २०२२ बाट नेपालसँगै भारतमा प्रदर्शन हुन लागेपछि तहल्का मच्चिएको छ छ ।
हलिउड देखि साउथ मुभिलाई हिन्दी भाषमा स्वर दिइरहेका चर्चित डबिङ्ग आर्टिसहरुले उक्त चलचित्रलाई चर्चित हिन्दी भाषामा
स्वर दिएका हुन् ।
चलचित्रमा हिन्दी भाषामा गित पनि निर्माण गरिएका छन् ।
हिन्दीमा भाषमा स्वर दिएका चर्चित डबिङ्ग आर्टिसहरुले चलचित्र पनि निकै राम्रो बनेको र नेपाली कलाकारीताको प्रसंसा गर्दै शुभकामना दिएपछि त चर्चा चुलिएको छ ।
आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र टोलीनै चलचित्र प्रमोसनका लागि भारतको मुम्बइमा छन् ।
भारतिय भिडियाहरुले समेत प्रचार प्रसारमा निकै साथ दिएका छन् ।
सार्वजनिक भएको हिन्दी ट्रेलर हेरेका भारतियहरुले सानो ठाँउ थोरै लगानीमा पनि दमदार फिल्म भएको र साउथ सरह भएको भन्दै प्रसंसा गरिरहेका छन् ।
सोहीक्रममा भारतियहरु देखि भारतमा बसोबास गर्ने नेपालीहरु पनि चलचित्र हेर्ने पखाईमा रहेको बताईरहेका छन् ।
चलचित्र निर्देशन गरेका सन्तोष सेनलाई नेपालको राजामौलीको उपनाम दिईरहेका छन् ।
नेपाली फिल्मलाई भारतिय भाषमा डबिङ्ग गरेर भारत सम्म पुर्याउने साहास गर्ने सन्तोष सेनको तारिफ गर्नेहरुपनि बढिरहेका छन् ।
त्यस्तै नेपाली कलाकार अभिनेता प्रदिप खड्का देखि कलाकारहरुको पनि उत्तिकै तारिफ भइरहेको छ ।
नेपाली फिल्मको ५७ वर्षे इतिहास मै पहिलोपटक नेपाली चलचित्रले विदेशमा प्रदर्शनको मौका पाएको छ।
नेपाली कलाकारको कला स्थानहरुको दृष्य भेषभुषाहरु समेत हेर्नकालागि आत्तुर भएको समेत उल्लेख गरिरहेका हुन् ।
भारतमा हिन्दी भाषाको र नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गर्ने भनेपछि त नेपाली चलचित्र जगतलेपनि बाहिरी मुलुकमा व्यवसायीक कव्जा गर्ने संकेत देखिएको छ ।
चलचित्रमा प्रदिप खड्कालाई साथ दिन क्रिस्टिना अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् ।
साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायत कलाकारको पनि अभिनय छ ।
छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन भने स्वर्गीय छेतेन गुरुङको भने मृत्यु भइसकेको छ । फिल्मका छायाँकार राजेश श्रेष्ठ हुन्।














प्रतिक्रिया दिनुहोस्