मकवानपुरको मनहरी गाँउपालिका ६ स्थित करिब २८ वर्षीया टीना घलानको उपचारका लागि हेटौंडाका विशालराज महतले पहल गरेका छन् ।
विगत डेढ वर्षदेखि स्वयम हिड्डुल गनृ नसक्ने अवस्थामा परेकी घलानलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल लगिएको हो ।
घाँटीको नशा च्यापिएर विदेशबाट उपचार गर्न नेपाल फर्केकी घलानको अपरेसन सफल नभएपछि नशा च्यापिएका कारण शरीरको कुनै भाग नचल्ने भएर ओच्छ्यान परेकी थिइन् ।
घरपरिवारले उनको उपचारका लागि १५ लाख खर्च गरिसकेको रपैसा सकिएपछि उनलाई घरमै राखिएको घलानको मामा सन्तबहादुर थिङले बताए।
आर्थिक अवस्था समेत निकै नाजुक रहेकाले उपचारमा सहयोग गरिदिन अपिल समेत गरेका छन् ।
सोही जानकारी पाएपछि ‘सेवा, सहयोग र आवाजमा हामी’ का अध्यक्ष विशालराज महतले उपचारका पहल गर्दै बुधबार काठमाडौंस्थित वीर अस्पताल पठाइएको हो ।
अध्यक्ष महतले बताए अनुसार हेटौंडा उपमहानगर उपमेयर राजेश बानियाँ र मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको समन्वयमा पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस्